Tuesday, October 22, 2019

रसुवागढी सडकको स्तरोन्नती सुरु

बेत्रावती/चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकको स्तरोन्नती सुरु भएको छ । निर्माणको जिम्मा पाएको टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नतिको काम सुरु गरेको हो ।
गएको शनिबार जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२, घट्टेखोलामा एक कार्यक्रम आयोजना गरी स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नति सुरु भएको घोषणा गरेको हो । चिनियाँ टोलीले ३९ महिनामा स्तरोन्नतिको काम सकाउने जनाएको छ । कालोपत्रे सहितको
दुई लेनको सडक निर्माणका लागि ३ करोड ३९ लाख अमेरिकी डलर खर्च हुने छ । यो सडकको लम्बाइ १५.८ किलोमिटर रहेको छ ।
यसैगरी साढे ८ मिटर चौडाइमा कालोपत्रे गरिने गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको होर । उक्त सडक चीन सरकारले स्तरोन्नति गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ ।
सडक स्तरोन्नति गर्नुअगाडि त्यहाँ रहेका विद्युतीय पोल, खानेपानी पाइप तथा त्यहाँ रहेका घर टहरा हटाइसक्नु पर्छ । दुई महिनाभित्र विद्युतीय पोल सार्न र संरचना हटाउन चिनियाँ टोलीले आग्रह गरेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए । 

No comments:

Post a Comment