विदुर/गाउँठाउँमा हुने गरेको बिकासात्मक कामले विनास निम्त्याइरहेकोले दिर्घकालिन सोच बनाएर अघि बढ्नुपर्ने एक कार्यक्रमले निष्कर्ष निकालेको छ ।
विपद जोखिम न्यूनिकरणको लागि अन्तराट्रिय दिवसको अवसरमा गएको सोमवार आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले विशेष गरी सडक सञ्जाल निर्माण गरिए मात्र विकास भएको सोच्ने प्रवृतिले वर्षातको समयमा अत्याधिक मात्रामा विपदको घटनाहरू हुने गरेको बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश संसाद हिरानाथ खतिवडाले विपद परेपछि मात्रै उद्धार तथा राहतको क्रियाकलापलाई प्राथमिकता दिइनु राम्रो नरेहको बताए । उनले विपद पूर्वतयारीमा ध्यान नदिइएकोले नै बढी समस्या आएको बताए । सामुदायिक विकास केन्द्र, नेपाल रेडक्रस सोसाइटी लगायत सामाजिक संस्थाहरूको सहयोगमा जिल्ला प्रशासन कार्यालय नुवाकोट कार्यक्रम गरेको थियो ।
जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले भोटको आशमा सडकलाई प्राथमिकता नदिन जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले दैविक प्रकोपलाई रोक्न नसके पनि कृतिम संरचनाहरूलाई बलियो बनाउनु नै अहिलेको आवश्यकता रहेको औल्याए । सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेले जलबायु परिवर्तनको कारण विपदहरू अत्याधिक हुने गरेकोले त्यसको जोमिखबाट बच्न सक्नुपर्ने बताए । उनले वडाको टोलटोलमा रहेका सम्पूर्ण नागरिकहरूको माझमा विपद जोखिम न्यूनिकरणको सवाल पुराउनुपर्ने बताए ।
नेकपा नुवाकोटका नेता बुद्धिबहादुर प्रधान, नेपाली काङ्ग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, राप्रपा संयुक्तका प्रतिनिधि रामकृष्ण भट्ट, उपभोक्ता हित संरक्षण मञ्चका नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, नेपाल नागरिक समाजका जिल्ला शाखा नुवाकोटका अध्यक्ष बाबुराम लामिछाने, नेपाल रेडक्रस सोसाइटीका डेपुटी डाइरेक्टर शिवराम गौतमले विपद न्यूनिकरण गर्ने काम वडा स्तरमै हुनुपर्ने बताएका छन् ।
No comments:
Post a Comment