Tuesday, October 22, 2019

जिल्लामा नयाँ नोट अभाव

विदुर/माग अनुसार प्राप्त नहँुदा नुवाकोटमा दशैँका लागि नयाँ नोटको अभाव भएको छ ।
नुवाकोटका लागि नेपाल बैंकले वितरण गर्ने गरी प्राप्त भएको दुई करोड नयाँ नोटले माग धान्न नसकेको हो ।
बैंकको शाखा कार्यालय विदुरबाट गएको सोमबारदेखि बुधबारसम्म नयाँ नोट वितरण गर्ने जनाए पनि मागअनुसार नोट दिन नसकेको शाखा प्रमुख सुजन राजकर्णिकारले जानकारी दिए । उनका अनुसार नुवाकोटका लागि नेपाल राष्ट्र बैंकसँग तीन करोड माग गरे पनि त्यो अनुसार प्राप्त नहुँदा अभाव देखिएको हो ।
नयाँ नोटले माग धान्न नसकेपछि सटही गरिएको पुराना नोटका समेत अभाव भएको छ । नयाँ नोट सटहीको जिम्मेवारी पाएको नेपाल बैंकले सीमित रकम आएको भन्दै अन्य बैंक तथा वित्तीय संस्थालाई रकम उपलब्ध नगराउँदा सेवाग्राही थप समस्यामा परेका छन् ।
दशैँको समयमा बैंकमा हुने चापले अन्य बैंकमा खाता भएका सेवाग्राही पैसा झिकेर सटहीका लागि नेपाल बैंक पुगे पनि त्यहाँ रकम नपाउँदा निरास भएका छन् ।
यता, अधिकांश मानिस दशैं मान्न घर फर्किएपछि नुवाकोट सदरमुकाम र आसपासका ब्यापारिक बजारमा
विस्तारै मानिसहरूको चहलपहल घट्न थालेको छ ।
पढाई, ब्यापार, काम जस्ता बिभिन्न कारणले सदरमुकाम बसेका सर्वसाधारण आफ्नो गाउँ फर्कन थालेपछि जिल्ला सदरमुकाम विदुर र मुख्य ब्यापारिक स्थानहरू सुनसान बनेको हो ।
ग्रामिण भेगमा दशैंका लागि घर आउनेहरूको चाप बढेकोे छ । राजधानी काठमाडौँ, सदरमुकाम तथा विदेशबाट आफन्तहरू दशैंको टिकाटालाका लागि घर फर्किरहेका छन् । भुकम्पका कारण भत्किएको ग्रामिण भेगका धेरै सडकहरूको समेत स्तरोन्निती हुन नसकेका कारण थप जोखिम यात्रुहरूमा नै थपिएको छ ।

No comments:

Post a Comment