Tuesday, October 22, 2019

रोकिएन नदीमा ढल मिसिन

त्रिशुली/नुवाकोटको त्रिशुली बजार र ढुङ्गे बजारको शौचालयको ढल सिधै त्रिशुली नदीमा मिसादै आएको छ । विदुर नगरपालिकाको वडा १ मा पर्ने त्रिशुली र ढुङ्गे बजारका झण्डै दुई सय घरको शौचालयको ढल त्रिशुलीमा मिसाइदै आएको जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए ।
पुरानो नगरपालिका, व्यवस्थित योजना बिनै बसाएको सहर र जग्गाको अभावमा शौचालयको ढल सीधै त्रिशुली नदीमा मिसाइदै आएको उनले बताए । उक्त कार्य रोक्नका लागि दुई चार पटक छलफल पनि चलाईसकेको तामाङले बताए । 
त्रिशुली नदी किनारमा रहेको पुरानो बस्ती भएकाले शुरु देखि नै सेफ्टी ट्याङक नबनाई नदीमा बिसर्जन गर्दै आएको उनले बताए । हाल बिदुर नगरपालिका र प्रदेश सरकारको सहयोगमा त्रिशुली नदी किनारमा करिडोरको निर्माण भैरहेको छ ।
पार्क सहितको एकिकृत ढल प्रणलि निर्माण सुरु भैसकेको बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित बताउछन् । बजारको ढललाई नदीमा सिधै मिसिनबाट जोगाउन कोरिडोरमा उच्च प्रबित्रिकाृ ढल प्रशोधन समेत निर्माण गर्ने योजना रहेको छ ।
यसै बीच, नदी किनारमा रहेको बस्ती र सीमित जमीनका कारण हरेक घरमा सेफ्टी ट्याङ्क बनाउन असम्भव भएकाले यसको विकल्पमा सामुदायिक ढल प्रणाली सञ्चालन गर्ने बिषयमा छलफल भइरहेको छ ।

No comments:

Post a Comment