![]() |
खरानीटार–उर्लेनी सडक अन्र्तगत टुटुङ्ग . तस्बिर : इमेज |
खरानिटार/विकास निर्माणको मेरुदण्ड मानिएको सडक सञ्जाल, बाटोघाटो र पुल निर्माणमा नुवाकोटको तादी गाउँपालिकामा प्रशस्तै काम भए गरेको पाइन्छ । प्रत्येक वडा कार्यालयमा बाह्रै महिना यातायातका साधन सञ्चालन हुनसक्ने स्थायी सडक निर्माण भईसकेको छ । गाउँपालिकाको केन्द्र तथा अन्य वडा र छिमेकी गाउँपालिका जाने सडक पक्की छन् । वडाको पनि प्रत्येक वस्ती र टोलमा नागरिकहरूलाई सहज रुपमा सडकको व्यवस्था भइसकेको छ । ‘हामीले नागरिकहरूको सुविधालाई ध्यानमा राखेर बढी काम गरिरहेका छौं’ गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताए ।
त्यसका अलावा अति दुर्गम स्थानमा झोलुङ्गे पुल समेत निर्माण भइरहेको छ । विशेष गरी बर्खाको समयमा पैदल हिड्ने नागरिकलाई सुरक्षित पार्न र सहज यात्राका लागि झोलुङ्गे पुल धमाधम निर्माण भइरहेको छ । वडा नं. १ को काल्चेमा पर्ने झोलुङ्गेपुल निर्माणको अवस्था अन्तिम बनेको छ । यहाँका वडा अध्यक्ष नकुरदोङ्ग तामाङ वडाको अहिलेको प्राथमिकतामा झोलुङ्गेपुल र सडक रहेको बताउछन् ।
गाउँपालिकाको केन्द्रबाट वडा नं. २ हुँदै वडा नं. १ को उर्लेनी पुग्ने यो सडकले नागरिकहरूमा विकासप्रतिको बेग्लै आश जगाएको छ । अघिल्लो वर्षसम्म हिड्नुपर्ने यहाँका नागरिकहरू अब यातायातको साधानबाट आवतजावत गर्ने अवस्थामा छन् । अझ यही सडक उर्लेनीबाट काल्चे हुँदै मालाभञ्याङ्ग पुगेको छ । यही सडकबाट मालाभञ्याङ्ग, काल्चेबाटै बाघमारा पुग्नु यहाँको विकास निर्माणले लिएको द्रुत गतीको प्रमाण हो । ‘गाउँपालिकाभित्र सडक सञ्जाल र त्यसको रिङ्गरोड बनाउने योजना हामीसति छ’ गाउँपालिका अध्इक्ष पाण्डेले भने ।
![]() |
उर्लेनीको मध्ये गाउँ पुगेको सडकमा खेल्दै स्थानीय । तस्बिरः इमेज |
No comments:
Post a Comment