सुरुङ्गले देखाएको सपना
सी चिनफिङको नेपाल भ्रमणले नुवाकोट जिल्लाको तमाम् सम्भावनाहरूलाई प्रस्तुत गरेको छ । नेपाल सरकारको वर्षौ देखिको सपना र चीन सरकारले प्रतिवद्धता जाहेर गरेको रेल मार्ग र सुरुङ्ग मार्गका कारण नुवाकोट धनधान्य हुने पक्का छ । छहरे टोखा सुरुङ्ग मार्ग र त्यसपछि स्याफ्रुवेशी बेत्रावती सुरुङ्ग मार्गको पक्कापक्की भइसकेको छ । चीनबाट रसुवागढी हुँदै आउने रेल नुवाकोट भइ लुम्वनी र काठमाडौं जाने छ । त्यसका लागि डिपिआर तयार गर्ने घोषणा सीबाट भएको छ । उत्तरी छिमेकीसंगको यो विकासमा जोडिने नुवाकोट जिल्लामा सामाजिक, आर्थिक, राजनैतिक र अन्य सबै खाले फाईदा लिन सक्ने छ । चीनको दूरी घटाउने, ढुवानी लागत कम गर्ने मात्र नभएर नेपाललाई समुद्री तटसम्म जोड्ने महत्वपूर्ण मार्ग बन्नेछ । नेपाल र चीनबीच स्वास्थ्य, शिक्षा, उद्योग, पर्यटन, व्यापार तथा क्रस बोर्डर कनेक्टिभिटीको सम्भाव्यता अध्ययनबारे विभिन्न सम्झौता भएका छन् ।
छहरे टोखा सुरूङमार्ग निर्माण गर्ने दुवै दशेका बीचमा सम्झौता भएको छ । यसका लागि दुई देशको सहकार्यमा कम्पनी स्थापना गर्ने घोषणा समेत आइतवारको सम्झौता कार्यक्रमबाट भएको छ । काठमाडौंलाई चीनसँग जोड्ने छोटो यो खण्डमा सुरूङमार्ग बने यसले काठमाडौं–चीनलाई थप नजिक ल्याउनेछ ।
रसुवागढी, स्याफ्रुबेसी, छहरे, गुर्जेभन्ज्याङ, हुँदै टोखासम्मको दूरी १०० किलोमिटर छ । छहरेदेखि टोखासम्म २७ किमी दूरी पर्छ । स्याफ्रुबेशी–बेत्रावती र छहरे–टोखा सुरुङ निर्माण भए करिब ५० किमी सडक छोटिने प्रारम्भिक अनुमान छ । बेत्रावती–सूर्यगढी गाउँपालिका ५ कल्लेरी हुँदै सुरूङ बनेमा यो दूरी झन् छोटो हुनेछ । प्रस्तावित सुरुङ मार्गको प्रवेशद्वार टोखास्थित झोर–काठमाडौं चक्रपथको सामाखुसी चोकबाट करीब साढे ७ किलोमिटर उत्तरमा छ । टोखा–छहरे सुरुङमार्गको दूरी करीब ५ किमी हुने प्रारम्भिक अनुमान छ । स्याफ्रुबेशी–बेत्रावती खण्ड करीब २० किमी हुनेछ । यो सुरुङ मार्ग निर्माण भएपछि २ घण्टामा काठमाडौंबाट केरुङ पुग्न सकिने छ । यो मार्गले समग्र रुपमा दुई देशबीचको यात्रा अवधिलाई मात्रै घटाएको छैन, नुवाकोट र रसुवाको जिवन र भविष्यलाई समेत बदल्ने छ । लामो समयदेखि चर्चा मात्रै हुँदै आएको र कार्यान्वयमा आशंका व्यक्त गरिएको सुरुङ्ग मार्गले सार्थकता पाउनै लाग्दा नुवाकोट र रसुवाका नागरिकहरूले अधिक हर्ष गर्ने ठाउँ बनेको छ । त्यसैले यसलाई कार्यान्वय गराउने तर्फ दवाव दिन र सहयोग गर्न नुवाकोट र रसुवावासी लागौं ।

No comments:
Post a Comment