Tuesday, October 22, 2019

दुई विरामीको हेलिकोप्टरबाट उद्धार

विदुर/गर्भपतनका कारण अत्यधिक रक्तश्राव भएपछि दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ की १८ वर्षीय उषा तामाङ र ४० वर्षीय पेमा तामाङको गएको शनिबार उद्धार गरिएको हो ।
गर्भपतन सम्बन्धी जटिलता भएको जिल्ला अस्पताल रसुवाले जनाएको छ । १८ वर्षीय तामाङलाई शनिबार बिहान अस्पताल ल्याइएको थियो । उनको रगत कम भएको, रक्तचाप कम भएको र पाठेघरको समेत सफा गर्नुपर्ने भएकाले अस्पतालले रिफर गरेको थियो । यहाँ सामान्य उपचारपछि एम्बुलेन्स मार्फत कालिकास्थान सम्म लगिएको थियो ।
कालिकास्थानबाट हेलिकप्टरमा पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । दुवै जना महिलाको पाटन अस्पतालमा उपचार भइरहेको छ । 

No comments:

Post a Comment