Tuesday, October 22, 2019

नुवाकोटका दुई अभियन्ता सम्मानित

सम्मानित हुँदै शिव देबकोटा
विदुर/नेपाल पत्रकार महासंघ नुवाकोटका संस्थापक एवं उत्तरगया दैनिकका सम्पादक शिव देबकोटालाई पत्रकारिता मार्फत सुशासन प्रवद्र्धन र नागरिक अधिकारलागि योगदान पु¥याएकोमा गएको आईतबार नुवाकोटमा सम्मानित गरिएको छ ।
नुवाकोटको अग्रणी गैह्र सरकारी संस्था सामुदायिक बिकास केन्द्र नेपालको ११ औं बार्षिक साधारणसभाको अवसरमा नेपाली काँग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरेका हुन् । कार्यक्रममा नागरिक अधिकारका पक्षमा निरन्तर क्रियाशिल रहँदै आएका उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डितलाई पनि सम्मानित गरिएको छ । साधारणसभाकै अवसरमा एभरेष्ट बैकसंगको सहकार्यमा गतबर्षको एसईई परीक्षामा उत्कृष्टता हासिल गरेका नुवाकोट र रसुवाका १० जना बिद्यार्थीलाई जनही १० हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारीहरूलाई सम्मानित भए ।
कार्यक्रममा काँग्रेस सह–महामन्त्री महतले मुलुकमा संबिधानले अपरिबर्तनीय मानेको ब्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र प्रेस, आवधिक निर्वाचन र मानवअधिकारबाट नागरिकलाई बञ्चित गर्ने दुष्प्रयास भईरहेकाले नागरिक अधिकारहरूको रक्षाका लागि गैह्र सरकारी संस्थाहरूले समेत पैरबी गर्नुपर्नेमा जोेड दिए ।
सम्मानित हुँदै ईन्द्रबहादुर पण्डित

बर्तमान सरकार दुईतिहाई जनमतको बलमा स्वतन्त्र न्यायालय र अख्तियारलाई समेत प्रभाबित बनाएर एकदलीयता तर्फ उन्मुख भईरहेको बताउँदै त्यसक्रममा डाक्टर महतले नागरिक अधिकार हनन हुने कुनै पनि क्रियाकलापका बिरुद्ध नागरिक अधिकारका पक्षपातीहरू ऐक्यबद्ध हुनुपर्ने धारणा ब्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य कल्पना नेपाली, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल लगायतले समाज रुपान्तरणमा गैससहरूको भुमिकाको संबन्धमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए । जिल्ला सन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले सामाजिक उत्रदायित्व वहन गर्दै काम गरिरहेको सामाजिक संस्थाहरू टिकेको बताए । तीन तहको सरकार बाहेक अर्को गैर सरकारले पनि नागरिकलाई उत्तिकै सेवा दिनुपर्ने तर्क उनको भनाई छ ।
समन्वय समितिका उपप्रमुख अप्सरा थापा, काँग्रेस नुवाकोटका सचिव सुरेन्द्रराज अधिकारी, राप्रपा जिल्ला अध्यक्ष बिष्णुप्रसाद सापकोटा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, सामुदायिक बिकास केन्द्रका संस्थापक अध्यक्ष बिष्णुराज नेपाल लगायतले मन्तब्य राखेका थिए ।

No comments:

Post a Comment