Tuesday, October 22, 2019

जेष्ठ नागरिकप्रति उच्च सम्मान आवश्यक

देविघाट/ईतिहासका पन्नाको रुपमा रहेका जेष्ठ नागरिकहरूलाई समुदायले सम्मान गर्नुपर्ने  पुर्व परराष्ट्र्मन्त्रि महेन्द्र पाण्डेले बताए ।
२९ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवको अबसरमा देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा नेकपाका नेता एवं पुर्ब परराष्ट्र मन्त्रि पाण्डेले जेष्ठ नागरिकहरू समुदायकै मार्गदर्शक र सिकाईको केन्द्र बिन्दु रहेकाले सम्मान गर्नु पर्ने बताए ।
केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रदेश सभा सदस्य केशब पाण्डेले कृषि क्षेत्रमा आबद्ध रहेका नागरिकहरूलाई राहत सुबिधा उपलब्ध गराउनु पर्ने बताए ।
कार्यक्रममा सांसद पाण्डेले प्रदेश सभाको बैठकमा आफुले कृषिमा लाग्ने नागरिकहरूको लागी कृषि पेन्सनको रुपमा राज्यले बितरण गर्नु पर्ने माग गरे । यसका साथै, उनले देबिघाटमा नर्सिङ सेवा सहितको नयाँ भवन निर्माणको लागी प्रदेश सरकारसँग माग गर्ने बताए ।
कार्यक्रममा अर्का प्रदेश सभा  सदस्य हिरानाथ खतिवडाले संयुक्त परिवारमा बसेमा बृद्धाश्रमको आबाश्यक नपर्ने बताए । लामो समय हात पाखुरा खियाएर अगाडी बढेका पथ प्रर्दशकहरूलाई घरमै राखेर सम्मान गर्नु पर्ने बताए ।
देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्यन केन्द्रका अध्यक्ष बिष्णु प्रसाद नेपालले अध्यन केन्द्रको लागी भवन अपर्याप्त रहेको बताए । बिभिन्न स्थानबाट आएका बृद्धबृद्धाहरूलाई केन्द्रमा राख्दै आएकाले उनिहरू अनुकुलका खाना लगायतको ब्यबस्थापनमा संरचना अभाबले असहज भएको बताए ।
२९ औँ जेष्ठ नागरिक दिबसको अबसरमा केन्द्रले बृद्धबृद्धाहरूको निशुल्क स्वास्थ्य परिक्षण तथा जेष्ठ नागरिकहरूलाई सम्मान गरेको थियो । समुदायको मार्ग दर्शकहरू जेष्ठ नागरिकहरू रहेको भन्दै केन्द्रले सम्मान गरेको आयोजक संस्था देबिघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन केन्द्रका विन्दा अर्यालले जानकारी दिए ।

No comments:

Post a Comment