Monday, November 04, 2019

२०७६ कात्तिक ११ गतेको सम्पादकिय

सडकले ककनी ओझेलमा
नुवाकोटको प्रमुख पर्यटकीय स्थल ककनी सडकको कारण ओझेलमा परेको छ । ककनीमा पहिला १२ महिना पर्यटकहरू झम्मिएका हुन्थे । तर बिगत १ बर्ष देखि सडकका कारण घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या न्यून रहेको छ । राजधानी काठमाडौंदेखि पर्यटकीय स्थल ककनीसम्मको यात्रा अहिले निकै कष्टकर र जोखिमपूर्ण बनेको छ । बालाजु–बाइपासदेखि ककनीसम्मको दूरी २२ किलो मिटरको भए पनि उक्त दूरी छिचोल्न अहिले चार घन्टाभन्दा बढी लाग्ने गरेको छ । सामान्यतया ४५ मिनेटमा आई पुग्ने रमणिय स्थान ककनी आईपुग्न अहिले ४ घण्टा भन्दा बढि लाग्ने भए पछी पर्यटकहरू आउन छाडेका छन् । 
विगत लामो समयदेखि बालाजु–बाइपासदेखि ककनीसम्मको सडकखण्ड निर्माणाधीन अवस्थामा रहे पनि अहिलेसम्म पूर्णता पाउन सकेको छैन । तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले यो सडकखण्डको निर्माण र विस्तारको लागि योजनासहित बजेट छुट्याएका थिए । सडक स्तरउन्नतीको लागी बजेट बिनियोजन भएको १ दशक भन्दा लामो समय बितिसक्दा पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन । सडक निर्माण र विस्तारका लागि केही कार्य अगाडि बढेको देखिए पनि त्यसमा सन्तुष्ट गर्न सक्ने अवस्था छैन । सडक बिस्तार गर्ने नाममा पहिला भएको सडडक भत्काए पछी पुनः निर्माण सम्पन्न नहुँदा ककनी सुन्य हुन थालेको छ ।
यो सडक निर्माणको ठेक्का पारेको व्यक्ति नेकपा अध्यक्ष पुष्पकमला दाहालका घरपेटी भएकै कारण उनले काममा उन्मुक्ति पाउने गरेको चर्चा पहिला देखिनै हुँदै आएको छ । नुवाकाटवास िभएकै नाताले पनि ठकेकेदारले समयमानै काम सम्पन्ने गर्ने अड्कल एकाथरिले गरेका थिए । तर कुननकुनै बहानामा यो सडकको अवस्था कारुणिक बनाइएको छ । तोकिएको समयमा निर्माण सम्पन्न हुने त परेको कुरा, केही काम थालिएको स्थानाहरुलाई पनि त्यस्सै अलपत्र छाड्दा अहिले पैदल हिडेका यात्रुलाई समेत समस्या भएको छ । सवारी साधन सञ्चालन त झन् परको कुरा भएको छ । यस्तो अवस्थामा आन्तरिक पर्यटकहरूको गतिलो गन्तब्य बनिसकोको ककनीलाई पुरानो आवस्थामा ल्याउनका लागि स्थानिय सरकारले समेत केही विशेष रुपमा काम गर्नुपर्ने बेला भएको छ । सडक निर्माणको योजनालाई केन्द्रिकृत गरेर बालाजुबाट ककनीसम्म आउने सडकको सामान्य मर्मतमा ककनी गाउँपालिकाले नै ध्यान दिनुपर्ने आवश्यक देखिएको छ ।   

No comments:

Post a Comment