धुञ्चे/रसुवागढी भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ ।
वर्षाका कारण सडक अवरुद्ध भएको, सामग्री आयात गर्ने समयमा कन्टेनरको अभाव र चीन भएको सार्वजनिक विदालगायत कारण कार्यालयले लक्ष्य भेटाउन नसकेको बताइएको छ ।
कार्यालयले गएको असोज महिनामा एक अर्ब ४० करोड ३६ लाख ७४ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। जसमा एक अर्ब ३८ करोड ८० लाख ३२ हजार राजस्व संकलन भएको हो । यो लक्ष्यको ९८.८९ प्रतिशत हो । असोज महिनामा लक्ष्यभन्दा केही कम राजस्व उठेको भए पनि कार्यालयले वार्षिक लक्ष्यको ४२ प्रतिशत राजस्व उठाइसकेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्ममा राखेको लक्ष्यभन्दा ४० प्रतिशत बढी उठाइसकेको छ । कार्यालयको तथ्याङ्क अनुसार साउनमा एक अर्ब तीन करोड पाँच लाख ४८ हजार रुपैयाँ र भदौमा एक अर्ब ५१ करोड २६ लाख ९० हजार उठेको छ। दसैंमा लक्ष्यभन्दा केही कम राजस्व संकलन भए पनि तीन महिनाको लागि राखिएको लक्ष्यभन्दा बढी भएकाले समस्या नरहेको रसुवागढी भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताएका छन् ।
असोज महिनामा रसुवागढी नाकाबाट भदौमा दसैंका सामग्री, रेडिमेड सामग्री, टेलिकमका सामग्री र प्रोजेक्टको सामग्री बढी आएका छन्। यो वर्ष नौ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा नौ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकामा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । आर्थिक वर्ष ०७२र७३ मा दुई अर्ब चार करोड ४६ लाख ८७ हजार सात सय ४४, आव ०७३र७४ मा दुई अर्ब ९२ करोड १८ लाख दुई हजार, आव ०७४÷७५ मा चार अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायत सामग्री आयात भइरहेको छ भने बाँसको मुडा, काठका सामग्री,
हस्तकलाका सामान, मैदा, चिउरालगायत सामग्री निर्यात भइरहेको छ ।

No comments:
Post a Comment