Monday, November 04, 2019

राक्सेश्वरमा गुरुकुल बन्ने

राक्सेश्वरमा गुरुकुल बन्नेगुरुकुल निर्माण हुने स्थान. तस्बिर:कपिलदेव खनाल
छहरे/धार्मिक पर्यटनका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कबिलासमा गुरुकुल निर्माण कार्य भईरहेको छ ।
नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्वर २ राक्सेश्वरमा निर्माणाधिन गुरुकुलका माध्यमबाट लोप हुँदै गएको संस्कृत अध्ययनलाई थप परिष्कृत गर्दै बेद र मेडिटेसन सेन्टर सञ्चालन गरिने बताईएको छ ।
गुरुकुल निर्माणमा सहयोगार्थ गतबर्ष वैदिक सनातन धर्म संरक्षण समाजको तत्वाबधानमा सो क्षेत्रमा धान्याञ्चल महायज्ञ आयोजना गरिएको थियो । पहिलो चरणमा १० वटा कोठा निर्माण गरिने उक्त गुरुकुल देशी बिदेशी नागरिकका लागि संस्कृत शिक्षाको आधार भुमि हुने स्थानिय अगुवाहरूको भनाई छ ।
गुरुकुल निर्माण पश्चात बिश्वका १२ वटा ब्रम्हक्षेत्र मध्ये एक रहेको यो क्षेत्र समग्र हिन्दु धर्मको अध्ययन केन्द्र बन्न सक्ने बताईएको छ । धार्मिक पर्यटनको लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएका हुनाले यसलाई प्रर्वद्धन र बिकास गर्नका लागि आफुहरू लागिपरेको स्थानियहरूको भनाई छ । योगका लागि उत्कृष्ट गन्तव्य ब्रम्हक्षेत्रलाई बनाउन सकिने स्थानियको बिश्वास रहेको छ ।
ब्रम्हक्षेत्र धार्मिक पर्यटनको लागि अत्यन्तै महत्वपुर्ण, पुरातात्विक र ईतिहास बोकेका भौगोलिक क्षेत्र हुनाका साथै योग साधाना गर्न चाहनेहरूका लागि उपयुक्त क्षेत्र रहेको छ । कबिलास क्षेत्र भगवान शिबको अखण्डभुमि, अलौकीक गुफा पर्यटकहरूका लागि आर्कषणको केन्द्रबिन्दु बन्दै आएको छ । जसअनुसार हरेक बर्षको शिबरात्रीमा यहाँ बिशेष मेला लाग्ने गर्दछ ।

No comments:

Post a Comment