Sunday, November 17, 2019

मासु, अण्डामा अनुदान घट्दै

विदुर/मासु र अण्डामा नेपाल आत्मनिर्भर भएकाले सरकारले यस तर्फ अनुदानको कार्यक्रम घटाउदै लगेको प्रदेशसभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले बताए ।
नुवाकोटका पोल्ट्रि ब्यसायीहरूको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले मासु र अण्डा नेपालमा पर्याप्त उत्पादन भैरहेकाले राज्यले अनुदानका कार्यक्रम कटौती गरेको बताए ।
नुवाकोटका पोल्ट्रि ब्यबसायीहरूले राज्यले निश्चित मापदण्ड तयार नपार्दा आफुहरूको ब्यबसाय संकटमा परेको बताएका छन् । दिनानुदिन अस्वस्थ प्रतिष्पर्धा र अण्डा/मासुको भाउमा आएको गिरावटले ब्यबसाय बन्द गर्नु पर्ने बाध्यतामा पुगेको नुवाकोट अण्डा उत्पादन संघका कोषाध्यक्ष सुबर्णमान श्रेष्ठले बताए ।
ब्यबसायीहरूले देखासिकिको भर र प्राबिधिक ज्ञान बिना कुखुरा पाल्ने, अण्डाको दरभाउ निर्धारण नहुनु लगायतले आफुहरूमा समस्या रहेको बताए । कार्यक्रममा पोल्ट्रि ब्यबसायीहरूले अण्डाको ग्रडिङ अनुसारको दररेट निर्धारण गर्नु पर्ने उनीहरूको माग रहेको छ । 

No comments:

Post a Comment