Sunday, November 24, 2019

सुइरे चौर प्याराग्लाडिङ्गको गन्तव्य

तस्बिरःराजेन्द्रप्रकाश लोहनीको फेसबुक

– हरि भेटुवाल
शिवपुरी/यहाँको ‘सुइरे चौर’ प्याराग्लाडिङ्गको गतिलो गन्तव्य बन्ने  सम्भावना छ । सात जिल्लाको दृश्य देखिने र रमणीय स्थान रहेको सुइरे चौरबाट लाङटाङ, गणेश, मनासलु हिमाल, जुगल हेल्मबु हिमालको दृश्य अबलोकन गर्न सकिन्छ ।
खुल्ला आकाशमा पन्छि जस्तै स्वतन्त्रपूर्वक उडेर खेलिने साहसिक खेलको रुपमा रहेको प्याराग्लाडिङ्ग प्रतिको आर्कषण पछिल्लो समय युवापुस्तामा बढ्न थालेको हो । ‘प्याराग्लाडिङ्गको लागि हावाको स्तर मिल्नुपर्ने र त्यस्तो वातावरण सुइरे चौरमा पर्याप्त भएकाले पनि प्याराग्लाडिङ्गको लागि सुइरे चौर उत्तम स्थान रहेको बिज्ञहरूले बताएका छन् ।
जाडो तथा चिसो मौसम सुरु भएसंगै त्यहाँ नेपालका विभिन्न स्थानबाट बनभोज तथा पिकनीक आउनेको सङख्यामा पनि वृद्धि भईरहेको छ । त्यसका साथै यस क्षेत्रको विकासको लागि प्याराग्लाडिङ्ग आएसंगै पर्यटन आगमनमा पनि वृद्धि हुने प्रति स्थानियहरू खुसी भएका छन् ।
समग्र नुवाकोटको विकाशको लागि आफु पहिलेबाट नै प्रयत्नरत रहेको र त्यस मध्येको एउटा महत्वपूर्ण आधार प्याराग्लाडिङ्ग भएको शिबपुरी गाँउपालिकाले जनाएको छ । सुइरे चौर काठमाडौंसंगै छ ।


No comments:

Post a Comment