Sunday, November 24, 2019

१३ योजनाका लागि ३ करोड

योजना छनौटका लागि सांसद बद्री मैनाली जनतासित अन्तरक्रिया गर्दै । 
विदुर/नुवाकोटबाट निर्वाचित प्रदेश नं. ३ का सांसद् बद्री मैनालीले ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तरगत प्राप्त तीन करोड रुपैयाँ १३ वटा योजनामा बाँडफाँट गरेका छन् ।
कार्यक्रम निर्देशक समितिको बैठकले प्रदेश क्षेत्र नं. ‘ख’ का २२ वटा वडाबाट माग भएका १३ वटा योजनामा बजेट तर्जुमा गरिएको सांसद् मैनालीले जानकारी दिए । चारवटा वडामा ठूला चार वटा योजना पचास लाख रुपैयाँ बिनियोजन गरेको र बाँकी ९ वटा योजना १० देखि १५ लाख रुपैयाँको रहेको उनले जानकारी दिए ।
५० लाखको योजना लिखु गाउँपालिकाको वडा नं. ५ र ६ मा मरणपाटी मुलकुलो थानसिंग सिचाई, ककनी गाउँपाकिला वडा नं. ७ को सिस्नेरी छहरे डुम्रीचउर सिचाई योजना, ककनी वडा नं. ३ को लाउके–डिपबोरिङ–मुकुन्देश्वरी मावि–आलेटार पैरे खानेपानी योजना र ककनी वडा नं. ४ को ३५ किलो जुरेथुम–कटुञ्जे–ओख्ले बेलकोटगढी सडक छन् । बाँकी ९ वटा योजनामा एक करोड बिनियोजन गरिएको छ ।
पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद्ले ३ करोड रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा विकासका लागि खर्चन पाउने छन् । 

No comments:

Post a Comment