Sunday, November 17, 2019

कलिला हातहरूको अपत्यारिलो विज्ञान सृजना

 बट्टार/सुभेनियर ईङ्लिस बोडिङ स्कुलले आफ्ना विद्यार्थीहरूले आविष्कार गरेको बिज्ञानको सामाग्रीको प्रदर्शनी गरेको छ ।
बिद्यालय प्राङ्गणमै १ दिन सञ्चालित प्रर्दशनीमा कक्षा कक्षा ६ देखि १० सम्म अध्यायन गर्ने बालबालिकाहरूले सिृजना रहेको थियो । बिज्ञान प्रदर्शनीमा ५५ प्रकारका सामाग्रीहरू रहेका थिए । नुवाकोट साइन्स क्लबको प्राबिधिक सहयोगमा बिद्यार्थीहरूले बिभिन्न सामाग्रीहरू निर्माण गरेका हुन् ।
प्रदर्शनीमा राखिएका बिषयहरूले बिद्यार्थीहरूमा प्रयोगात्मक शिक्षामा जोड दिएको बिद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले बताए । सुभेनियरको विज्ञान प्रर्दशनी हेर्नका लागि छिमेकी विद्यालयमा अध्ययानरत विद्यार्थी, शिक्षक, अभिभावक तथा समुदायका प्रतिष्ठित व्यक्तिहरूको भिड लागेको थियो । विदुरका झण्डै २० विद्यालयबाट विज्ञान प्रदर्शनी अवलोकनका लागि आएका थिए ।

स्वचालित धारा, क्विज बक्स, रिमोटबाट सञ्चालन हुने गाडी, स्मार्ट सिटि, दैनिक घरमा प्रयोग हुने अत्यावश्यक सामाग्रीहरू, हाइड्रोपावरको नमूना, वाईफाईको नयाँ पुस्ताको परिकल्पना गरिएको लिफाई लगायतका बैज्ञानिक आविष्कार बढि रोचक थिए । दुई हजार भन्दा बढिले प्रर्दशनी अवलोकन गरेको अनुमान छ ।

दैनिक रुपमा कितावी पढाईका लागि कक्षा मात्रै सञ्चालन हुँदा बिद्यार्थीहरूमा शैक्षिक बोध नहुने भएकाले क्लबको प्राबिधिक सहयोगमा बिज्ञान प्रदर्शनी कै आयोजना गरेको सुभेनियर बोडिङ स्कुलका बिज्ञान बिषयमा शिक्षक काजी खानले बताए ।

No comments:

Post a Comment