आदरणीय उपप्रमुखज्यू, बेलकोटगढी नगरपालिका
युद्धमा आफ्नो बा गुमाएको तपाईं आफैंमा एक क्रान्तिकारी योद्धा र सुझबुझ भएको नेता हुनुहुन्छ । प्राज्ञिक रूपमा पनि तपाईंको योग्यता मननयोग्य छ । फेसबुकमा पेजमा यहाँले आफ्नो नगरपालिकाको खास कुनै क्षेत्रमा फोहर संकलन गरिरहेको तस्विर राखेपछि मलाई सकसक लाग्यो र मैले जानेबुझेसम्मका केही सुझाव दिन मन लाग्यो । कमसेकम तपाईंको नगरपालिकामा खासगरि वातावरणीय क्षेत्रमा अनुकरणीय कदम चालियोस् र त्यसका लागि गम्भीर पहल होस् भन्ने आह्वानका साथ म यो आग्रह गर्दैछु ।
१. प्लास्टिकजन्य फोहरका कारण संसारका खोलानाला प्रदुषित छन् । ठूला मैदान र शहर हुँदै बग्ने नदीहरू त प्रदुषित भईहाले, गाउँठाउँका खोल्छाखाल्छी प्राङ्गारिक (अर्गानिक) पाखामा पनि विशाक्त प्लास्टिक छरिएका छन् । त्यसले पानी, जलचर र वन्यजन्तुको प्राकृतिक जीवन वर्वाद भएको छ । र, अन्तत : त्यसले हरियापरिया र मलिला पाखा र कुवा तथा पानीका मूलहरूलाई प्रदुषित पार्नेछ । अहिले नै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पहल नगर्ने हो भने भोलि त्यसले कस्तो अवस्था निम्तेला, कल्पना नि गर्न सकिन्न ।
२. नाफा कमाउने होडमा पुँजिवाद/उपभोक्तावाद/बजारबाद/साम्राज्यवादले असिमित र अनावश्यक सामानहरू समेत सिर्जना गरेको छ । मान्छेको जीवनलाई सहज बनाउने नाममा त्यसले स्याम्पु, साबन, चक्लेट, गुट्खा र रक्सीका समेत अत्यन्त साना प्याकेट बनाएको छ । र, एकचोटी प्रयोग गरेर सडक/खोलामा सिधै फालिन्छन् त्यस्ता फोहर । गाडीमा हिँड्दा आलुचिप्स/चाउचाउ/कुरमुरे/झुरझुरेका प्याकहरू सर्वसाधारणले प्रयोगपश्चात फ्याँकेको देख्नुभएकै होला । मोबाइलका चार्जर लगायत प्रविधिजन्य फोहर पनि सिधै माटो र पानीमा मिसिन आइपुगेको छ ।
३. यस्ता प्लास्टिकजन्य नकुहिने फोहरले पृथ्वीलाई बर्वाद बनाउँदैछ तर उपभोक्तावाद र दलाल नोकरशाही/पुँजीपतिहरूको चंगुलमा फसेका राज्य सञ्चालकहरू ‘सिंगल युज’ प्लास्टिक रोक्ने विषयमा निर्णय गर्न सकिरहेका छैनन् ।
४. यस्तोमा कमसेकम तपाईंको नगरपालिकाले जस्तोसुकै प्लास्टिकजन्य फोहर सङ्कलन गर्ने अभियान चलाउन सक्छ । ल्याइएको प्लास्टिकजन्य हलुका फोहोरको नगरपालिकाले प्रतिकिलोका हिसाबले पैसा दिन पनि सकिन्छ । च्यातिएका बोरा, प्रयोगमा नआउने सबै खालका प्लास्टिक, चाउचाउ, गुट्खाका खोल, टुटेफुटेका प्लास्टिकका भाँडा, ‘वन टाइम युज’ दारी काट्ने रेजर, फाटेका प्लास्टिकका नाम्ला, दाम्ला, चक्लेट÷बिस्कुटका मसिना/ठूला खोल, आदि सङ्कलन गर्न सकिन्छ । सङ्कलित प्लास्टिकहरू त रिसाइकल गर्ने कम्पनीलाई मासिक÷अर्धवार्षिक रूपमा बेच्न पनि सकिन्छ । फोहोर व्यवस्थापन बारे यस क्षेत्रका जानकारहरूसँग अझ बढी जानकारी होला ।
५. स्कुल पढ्ने विद्यार्थीहरूलाई विद्यालयबाटै सूचना दिएर यो काम गराउँदा झनै प्रभावकारी पो होला कि ! स्कुलमा वातावरण समूह बनाएर तिनलाई वडा र टोलहरूमा परिचालित गर्दा पो होला कि! अनि वडा र टोलमा पनि प्राज्ञिक र समझदार व्यक्तिहरूको वातावरणीय समूह बनाउने कि ! स्कुले विद्यार्थी र त्यस्तो टोल समुहको समन्वयमा प्लास्टिक÷फोहर विरोधी अभियान सफल बन्छ कि! अझ प्रत्येक वर्ष कसको टोल वडा सफा भनेर घोषणा पो गर्ने कि ! वषैपिच्छे कक्षा परिवर्तन हुने हुनाले कक्षा ८/९ का विद्यार्थीलाई विद्यालयको वातावरीय समुहमा पदेन यस्तो भूमिका पो दिने कि ! जे जसरी होस्, फोहर नगरपालिकामा आइपुगोस् ।
६. प्लास्टिक होस् या जुनसुकै फोहर, त्यसलाई सडक, घारी, नदीमा फ्यात्त फाल्न सहज हुन्छ । तर त्यसको व्यवस्थापन असहज हुन्छ तर कमरेड कविता, तपाईंले नाफाखोर पुँजिवादी व्यवस्थाले जन्माएको यो घिनलाग्दो फोहरको व्यवस्थापनमा जमेर कदम चाल्नुभयो भने हाम्रो क्षेत्रले तपाईंले सधा स्मरण गर्नेछ । शहिदपुत्रीले धर्तिप्रति निर्वाह गरेको असल कर्तव्यलाई पितृप्रतिको श्राद्धको रूपमा असल मान्छेहरूले सम्झनेछन् । तपाईंलाई ख्याल गराउँ, सिक्किमको एउटा ठूलो गाउँक्षेत्रमा पूर्ण रूपमा प्लास्टिक प्रतिवन्ध छ । गाउँ छिर्ने गाडीहरूले लुकाएर प्लास्टिक लगेकि भनेर स्थानीयहरूले नै खोतल्छन् । उसो त सिक्किम आफैंमा ‘अर्गानिक’ राज्य हो ।
७. डोकोमा अघिअघि फोहर उठाउँदै जाने, पछिपछि फोहर फ्याँक्दै जाने यो हाम्रो संस्कार बनेको छ । गुट्खा, पानमसला र चुरोटका ठूटा र चाउचाउका खोल पसल र गाडी गुड्ने सडक किनार परपर छिचोली साध्य छैन । हत्तपत्त नदेखिने यस्तै फोहरले माटो, पानी, जलजीवन र वन्यजीवन वर्वाद हुँदैछ । यसर्थ, बेलाबेला सचेनात्मक फोहरमैला सङ्कलन कार्यक्रम चलाएपनि फोहरमैलाको जरोमै पुग्नुपर्छ भन्ने लाग्छ ।
८. स्थानीय रूपमा यस्ता फोहर सङ्कलनका काम छँदैछ, अर्काेतर्फ नगरपालिकाले प्लास्टिक उत्पादन गर्ने कम्पनी, स्याम्पु, उत्पादक/वितरक, खैनी उत्पादक/वितरक कहाँ ‘सिंगल युज’ सामान नबनाउनका लागि दवाब पनि दिन सकिन्छ । उद्योग वाणिज्य महासंघ मार्फत दवाव दिएर हुन्छ या मिडियामार्फत यसको ‘एड्भोकेसी’/काम गर्न सकिन्छ ।
९. स्थानीय स्तरमा अचेल आरसिसि भवन बन्न थालेका छन् र आरसिसि चर्पी । कतिपयले चर्पीको निकासलाई खोला/नदीतिर सोझ्याएका पनि छन् रे । त्यस विषयलाई पनि सम्बोधन हुनेगरी पहल गर्नुपाए हुने ।
१०. कविताजी, महिलाका लागि राजनीति फलाम चपाउनु जत्तिकै असहज छ । अझ विवाहितालाई त झनै सकस । महिलाको पारिवारिक र प्रजनन दायित्व, आफन्त, औपचारिकताले समाज वदल्ने महान महत्वाकांक्षामा तुषारापात भएका उदाहरण नेपालमा मात्र होइन, विश्वभर छन् । तर, जतिसुकै कठिन भएपनि कमसेकम तपाईंको (हाम्रो पनि) रसिलो–पोषिलो बेलकोटगढी नगरपालिकालाई अर्गानिक पालिका बनाउने प्रण गर्नुहोला भन्ने अपेक्षा गर्दछु । उपाय देखाउन, सुझाव दिन सहज छ तर काम गर्न गाह्रो छ । आशा छ, तपाईंले सम्भव भएसम्म आफ्नो नगरपालिकालाई प्लास्टिकमुक्त र प्रांगारिक बनाउन पहल गर्नुहुनेछ ।
नोट : एउटा झन्झावात/युद्धबाट गुज्रिएको परिवारको सदस्य भएकाले र त्यस्ता व्यक्तिहरूले परिवर्तन/रूपान्तरणका विषयलाई गम्भीरताका साथ लिन्छन् भन्ने आशयका साथ सुझाव पेश गरेको हुँ । वातावरणीय विषयमा बेलकोटगढीले आफूलाई प्रयोगात्मक/अनुकरणीय रूपमा पेश गर्न सके भोलि तपाईंको नगरपालिकाबाट देशभरका गाउँपालिका/ नगरपालिकाले फोहोर/प्रदुषण व्यवस्थापनबारे राम्रोसँग सिक्न सक्लान् भन्ने अपेक्षा छ । अभिवादन ।
प्रकाश आस्था, वातावरण संवेदनशील नागरिक

No comments:
Post a Comment