Monday, November 04, 2019

पञ्चकन्याको प्राथमितामा शिक्षा

बन्देवी आधारभुत विद्यालय फुयालडाँडा । तस्बिर : दिपेन श्रेष्ठ/इमेज
शर्मिला उप्रेती
पञ्चकन्या/पञ्चकन्या गाउँपालिका विद्यालय शिक्षालाई समतामुलक र गुणस्तरीय बनाउँदै विद्यालयको व्यवस्थापकिय क्षमता अभिवृद्धि गर्ने गरी आवश्यक कार्य भइरहेको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम स्थानिय तहबाटै सञ्चालन हुन थालेसंगै यो शिर्षकमा बजेट प्रशस्त विनियोजन हुँदै आएको छ ।
त्यसका साथै एसईई परिक्षामा यस गाउँपालिकाबाट सम्लग्न भई उत्कृष्ट स्थान हासिल गर्ने २ जना छात्र तथा २ जना छात्रालाई जनही १०÷१० हजार  रुपैयाँ राशी सहितको पुरस्कार र सम्मान पत्र प्रदान गर्ने व्यवस्था समेत भएको छ । यसका अलवा यस पञ्चकन्या गाउँपालिका भित्रको शैक्षिक संस्थाहरूलाई भौतिक रुपले सक्षम बनाउन निःशर्त अनुदानबाट समेत रकम बिनियोजन हुँदै आएको छ । ‘गाउँपालिकाको दिर्घकालिन ििवकास र नागरिकहरूको स्तर उन्नतीका लागि हामी शिक्षालाई प्राथमकिता दिइरहेका छौं’ गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले भने ।
यस गाउँपालिकामा आधारभुत तहदेखि माविसम्मको २८ वटा सामुदायिक विद्यालयहरू छन् । त्यसै गरी हाल कक्षा १० सम्म सञ्चालनमा रहेका विद्यालयहरूलाई कम्तिमा कक्षा १२ सम्म बनाउनका लागि वडास्तरबाट समेत पहल हुनथालेको वडा अध्यक्ष रामबाबु पराजुली सुनाउँछन् ।
विकास बजेट कटौटी गरेर शिक्षकलाई तलव खुवाउनु पर्ने समस्या सबै स्थानीय तहलाई छ । तर यस गाउँपालिकाले यो समस्या दिर्घकालिन रुपमा समाधान हुने भएको छ । बढी भन्दा बढी रकम विकास निर्माणमा लगाउने र शिक्षाका लागि खर्च हुने रकमको परिपुर्ती र व्यवस्थापनका लागि पञ्चकन्या गाउँपालिकाले बेग्लै कोष सञ्चालनमा ल्याएको छ । पञ्चकन्या गाउँपालिकाको गाउँसभाले लिएको नीति अनुरुप २०७५ साल कात्तिक २९ गतेबाट यो कार्यविधि लागू भएको छ ।
यस गाउँपालिका भित्र कार्यरत सम्पूर्ण कर्मचारीको तलव तथा जनप्रतिनिधिको भत्ताको एक प्रतिशत रकम कट्टा गरेर कोषमा जम्मा गरिदै आएको छ । यसरी जम्मा भएको रकम बरावरको थप रकम गाउँपालिकाले कोषमा राख्दै आएको यस गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनी बताउँछन् । यसरी जम्मा भएको रकमलाई १० प्रतिशत ब्याजदरमा योगदानकर्ताहरूलाई ऋण परिचान गरिने र त्यसको ब्याजबाट निजी श्रोतका शिक्षकहरूलाई तलव खुवाइने छ । यस कार्यविधिको कल्पनाकार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुडासैनी हुन् ।
स्वयसंसेवक शिक्षक कार्यक्रम समेत यस गाउँपालिकाले सञ्चालनमा ल्याएको छ । यसरी गाउँपालिकाले शिक्षाको समग्र विकासका लागि तयार गरेको शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कोष सञ्चालन सम्वन्धि कार्यविधिको यहाँका अग्रज शिक्षकहरूले स्वागत पनि गरेका छन् । यस विषयमा आफहुरु जानकार रहेको बताउछन् पञ्चकन्या माविका शिक्षक रामबहादुर विष्ट । ‘यो कार्यक्रम र अवधारणले शिक्षा क्षेत्रमा राहत महशसु भएको छ ।’ उनले भने ।
बिल्कुलै फरक अवधारणाका साथ कार्यान्वयमा आएको
यस गाउँपालिकाको शिक्षा तथा स्वास्थ्य प्रवद्र्धन कोष सञ्चालन सम्वन्धि कार्यविधिले विकासे बजेटलाई तलबमा खर्च गर्नुपर्ने समस्याको समाधान अब हुने अनुमान गरिएको छ ।
भौतिक संरचना विकास
शिक्षा क्षेत्रको दिर्घकालिन विकासका लागि यहाँ सबै वडाहरूमा रहेका विद्यालयहरूमा भौतिक संरचना, भवन निर्माणका कार्य समेत द्रुत गतीमा भइरहेको पञ्चकन्या गाउँपालिका वडा नं. ५ का अध्यक्ष डिल्लीबहादुर थापा बताउँछन् ।
भौतिक पुर्वाधारले सम्पन्न भएका केही सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या कम छ । यो समस्या समाधानका लागि जनप्रतिनिधिहरू चिन्तित छन् । सुविधा सम्पन्न भवन, कक्षा कोठा र पाठ्यक्रम भइसक्दा पनि विद्यार्थीको संख्या सामुदायिक विद्यालयमा कम हुनुमा कुनै विद्यालयका शिक्षक दायित्व र कर्तब्य निर्वाहमा चुकेको वडा नं. ४ का कार्यबाहक अध्यक्ष कृष्णबहादुर कँडेल बताउछन् । उनले त्यस्ता शिक्षकहरूलाई सुध्रन र विद्यार्थी तथा अभिभावकहरूलाई सुन्तुष्ट पार्न निर्देशन समेत दिएका छन् ।
यस पञ्चकन्या गाउँपालिकामा अनौपचारिक र अतिरिक्त कक्षा र पढाईहरू पनि हुँदै आएको छ । प्रौढ शिक्षा, चेलिवेटी शिक्षा, युवा शिक्षा, खेल्दै सिक्दै लगायतका कार्यक्रम गाउँपालिकामा सञ्चालन छन् । त्यस्तै, प्रत्येक वडामा एक÷एकवटा ई–पुस्तकालय सहितको सूचना केन्द्र स्थापना गर्ने कार्यक्रम पनि छ ।


No comments:

Post a Comment