Monday, November 04, 2019

विदुरमा प्रअहरूको नियमति बैठक हुने

विदुर/विदुर नगरपालिका स्तरिय आधारभुत तह अन्तर बिद्यालय हाजिरी जवाफ प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार प्रदान गरिएको छ । कात्तिक १ गते बिदुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको अन्तर आधारभुत बिद्यालय हाजिरिजवाफ प्रतियोगिताका बिजेताहरूलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको हो ।
प्रतियागितामा प्रथम हुने चन्द्रज्योती माबि पिपलटारले ६ हजार नगद र प्रमाण पत्र पाएको छ भने दित्तिय हुने पृथ्वी माबि बिदुरलाई ४ हजार ५ सय र प्रमाण पत्र, तृतिय हुने तिनघारे पिपलडाडा माबि चारघरे र महेन्द्र माबि गौरीबेसीलाई २ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा बिदुर नगरपालिका भित्रका १६ वटा बिद्यालयले सहभागिता जनायो ।
पुरस्कार हरेक महिनाको ५ गते हुने प्रधानाध्यापकहरूको बैठकको अबसरमा प्रदान गरियो ।विदुर नगरपालिका भित्रका
स्कुलहरूको प्रधानाध्यापकहरू प्रत्येक महिनाको ५ गते नियमित बैठक बस्ने गर्दछन् । बैठकमा आफ्नो स्कुलमा परेको समस्या लगाएतको बिषयमा छलफल हुने गर्दछ ।
पुरस्कार बितरण गर्दै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बिदुर नगरपालिकाभित्र रहेका बिद्यालयमा भएको समस्या समाधान गर्न र हिजोको दिनमा भएको कमिकमजोरी सुर्धाने उद्देश्यमा नगरपालिका रहेको बताए । उनले बिकास निर्माणको बजेट कटौति गरेर शिक्षा क्षेत्रमा लगानी गरेको बताए ।
बिदुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले नगरभित्रका बिद्यालयहरूलाई बिभिन्न प्रतियोगिता आयोजना गरि सहभागि गराई रहेको छ । यस्तै आउदो मंसिर ६ गते  माबि स्तरिय बतृत्वकला प्रतियोििगताको आयोजना गर्ने शाखाले जनाएको छ ।

No comments:

Post a Comment