विदुर/मित्रराष्ट्र चीनसँगको अन्तराष्ट्रिय नाका रसुवागढी नजिकै निर्माण हुन लागेको सुख्खा बन्दरगाहको एक कार्यक्रमका बीच बुधबार शिलान्यास भएको छ ।
दुई वर्ष अघिदेखि निर्माणको हल्ला चलिरहेको बन्दरगाहको सिनर्माणको अब सुरुवात भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती अर्याल र तिब्बत कमर्स डिपार्टमेन्ट अफ् चाइनाका निर्देशक पियान चनले संयुक्त रुपमा बन्दरगाहको शिलान्यास गरेका छन् ।
चीन सरकारको सहयोगमा निर्माण हुन लागेको बन्दरगाह ३० महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको छ । बन्दरगाह निर्माणको जिम्मा तिब्बत फुली कन्ट्रक्सनले लिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गामा सुख्खा बन्दरगाह बनने छ । त्यसका लागि आवश्यक सबै जग्गा अधिग्रहण भइसकेको छ ।
रसुवागढी नाकालाई व्यवस्थित बनाउनका लागि अघि बढाइएका प्रमुख तीन काममध्ये यो एक रहेको जनाइएको छ । स्याफ्रु–रसुवागढी सडकको स्तरोन्नति, नाकामा एकीकृत जाँच चौकीको निर्माण र सुख्खा बन्दरगाह निर्माण प्राथमिकतामा रहेको छ ।
पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेनटाइन, बैंक तथा ल्याब रहने छ । बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० बर्गमिटरका दुई वटा जाँचपास स्थल हुनेछ । ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने छ ।

No comments:
Post a Comment