![]() |
सहकारीको १० औं बार्षिक साधारण सभा |
विदुर नगरपालिका रोडमा स्थापना भएको संस्थाको शेयर पुँजी ५० लाख रहेको छ । १० औं बार्षिक साधारण सभाको अवसरमा संस्थाले आफ्ना शेयर सदस्यहरूलाई चाँदीको सिक्का प्रदान गरेको छ । सहकारीको १० औं स्थापना दिवस र बार्षिक साधारण सभा अंकित सिक्का शनिवार आयोजित कार्यक्रमका बीच वितरण गरिएको अध्यक्ष राजकुमार तिमिल्सिनाले जानकारी दिए ।
संस्थाले आफ्ना शेयर सदस्यहरूको हितका लागि सञ्चालित स्वास्थ्य उपचार कोषको रकम समेत प्रदान गरेको छ । २०७५ चैत्र २८ मा सवारी साधन दुर्घटनामा परी घाइते भएका शेयर सदस्य सन्तोषकुमार तामाङको उपचारका लागि संस्थाले १० हजार रुपैयाँ उपलब्ध गराएको हो ।
दर्पण सहकारीले आफ्नो स्थापना दिबसको अबसरमा शुक्रवार जिल्ला अस्पताल त्रिशुलीका बिरामीहरूलाई फलफुल समेत बितरण गरेको थियो ।
![]() |
जिल्ला अस्पतालमा फलफुल वितरण गर्दै । तस्बिर : रोशन बोगटी/इमेज |
No comments:
Post a Comment