Sunday, November 24, 2019

नीतिका कारण पुनर्निमाणमा ढिलाई भएको दावी

विदुर/सरकारको नीतिगत अस्प्रष्टताले भुकम्प पछिको पुननिर्माणमा ढिलाई भएको नुवाकोटका सरोकारवालाहरूले बताएका छन् ।
      ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल नुवाकाटले गएको सोमवार गरेको कार्यक्रममा सहभागीहरूले सरकार परिवर्तन भएपछि भएको नीति फेरबदलले पुननिर्माण सन्तोषजनक नरहेको बताए । जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापाले लाभग्राहीको छनोट प्रकृयामै पुननिर्माण प्राधिकरण अल्झिरहेकोले अहिले सन्तोषजनक रुपमा पुननिर्माण हुन नसकेको बताए ।
अधिबक्ता कृष्णप्रसाद भण्डारीले पुननिर्माणमा सदाचारको कार्यक्रम सञ्चालन गर्ने देखि पुनर्निमाणमै काम गरिरहेका गैर सरकारी संस्थाहरूको गरेको कामको पारदर्शिता खोज्नु पर्ने बताए । जिल्ला आयोजना कार्यान्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधारले निजी आवास निर्माणमा भएका प्रगति बारे प्रतिवेदन प्रस्तुत गर्यो । नुवाकोटमा तेश्रो किस्ता लिनेको सङ्ख्या ७३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । नुवाकोटमा भुकम्पले क्षति पुर्याएको २६ वटा विद्यालयको पुननिर्माण कार्य सुरु हुन नसकेको पनि बताइएको छ ।
बिदुर नगरपालिकाको निमित्त प्रशासकीय अधिकृत दिवाकर चापागाई, शिक्षा तथा समन्वय ईकाइ नुवाकोटका प्रमुख अर्जुनबहादुर श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, सम्बाद समुह नुवाकोटका कार्यक्रम संयोजक सन्तोष खनाल लगायतले पुनर्निमाणको लामो समय गुज्रिसक्दा पनि हुननसकेको प्रगतीप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।

No comments:

Post a Comment