Monday, November 04, 2019

ओम श्री गोसाइँकुण्डको अध्यक्षमा पण्डित

बट्टार/बट्टारमा रहेको ओम श्री गोसाइँकुण्ड बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड बट्टारले यस आर्थिक बर्षमा १८ लाख रुपैयाँ फाईदा गरेको छ ।
१८ औँ बार्षिक साधारण सभा तथा सातौँ अधिबेशनको शनिवार उद्घाटन कार्यक्रममा सहकारीले बचत संकलन तथा ऋण लगानीबाट १८ लाख भन्दा बढी रकम फाईदा भएको जनाएको हो । साधारण सभाको उद्घाटन गर्दै प्रमुख अतिथि विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगर भित्र रहेका अरु सहकारी भन्दा ओम श्री गोसाइँकुण्ड बहुउद्धेश्यिय सहकारी पृथक रहेको बताए ।
नगर र आसपासका गाँउहरूमा समुह गठन गरी आयआर्जनमा बढावा दिनका लागी सहकारीले पहल कदमी गर्दै आएको बताए । राज्यले लिएको सम्बृद्ध नेपाल सुखी नेपाली भन्ने नारालाई यो सहकारीले टेवा पु¥याएको बताए । छरिएर रहेको थोरै पुँजीलाई एकत्रित गरी ब्यबसायीक क्षेत्रमा लगानी गर्न सहकारी सफल भएको उनले बताए । सहकारीका अध्यक्ष भुवनलाल राजभण्डारीले सहकारीको सांगठानिक सुधार, ब्यसायिक बिस्तार, जोखिम स्थानमा लगानी नगर्ने र आर्थिक उपार्जनको लागी समुदखाय स्तरसम्म सहकारी पुगेको बताए ।
सहकारीले निर्धन उत्थान कार्यक्रम, रेमिट्यान्स सेवा, स्वरोजगार कर्जा, सदस्यता राहत कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सहकारीले १८ वर्षदेखि आफ्नो सदस्यहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यस्तै, सहकारीको सातौँ साधारण सभाले नयाँ कार्य समिति चयन गरेको छ । अध्यक्षमा ईन्द्रबहादुर पण्डित, उपाध्यक्षमा माणिकलाल श्रेष्ठ, सचिबमा रामकृष्ण राजभण्डारी, कोषाध्यक्षमा दिपकराज सिलवाल चयन भएका छन् । यस्तै, सदस्यहरूमा गंगालाल श्रेष्ठ, राजेन्द्रबहादुर प्याकुरेल, लक्ष्मी प्रधान, सुन्तली श्रेष्ठ र रामकृष्ण रिमाल चयन भएका छन् । यस्तै, लेखा उप समितिको संयोजकमा धु्रबप्रसाद अर्याल र लेखा उप समिति सदस्यहरूमा होमनाथ घिमिरे र सबिना खड्का रहेका छन् । यस्तै, ऋण उप समिति संयोजकमा गोपिनी केसी र सदस्यमा जुना कुमारी डङ्गोल चयन भएका छन् ।

No comments:

Post a Comment