Monday, November 04, 2019

बलियो व्यापारिक नाका बनाउ छलफल

शशिकुमार डंगोल
बेत्रावती/रसुवागढी नाकालाई व्यवस्थित र बलियो व्यापारिक नाका बनाउनुपर्नेमा दुबै देशका अधिकारीहरू बीच छलफल भयो ।
जिलोङ काउन्टी र जिल्ला प्रशासन रसुवाका समकक्षीहरू बीच मंगलबार केरुङमा भएको काउन्टर पार्ट बैठकमा भएको हो । सीमा क्षेत्रबाट हुनसक्ने अवैध आवागमनलाई रोक्न नाकालाई थप व्यवस्थित र प्राविधि मैत्री बनाउनुपर्ने कुरामा दवै देशका अधिकारीहरू बीच बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी अर्ज‘न भण्डारीले बताए ।
यस्तै सीमा जोडिएका वनक्षेत्रमा आगलागी हुन नदिन दुवै देशका अधिकारीहरूले समन्वय र सहयोगलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ । दुवै देशको भाषा, कला र संस्कृतिको अनुभव आदान प्रदान गर्ने, सीमा क्षेत्रका अधिकारीहरूबीच नियमित छलफल तथा बैठक सञ्चालन गर्ने विषयमा दुबै देशका अधिकारीहरू बीच समझदारी समेत भएको छ ।
डेंगु रोग सीमा क्षेत्रामा देखिए दुवै देशको समन्वय र सहयोगमा नियन्त्रण गर्नुपर्ने पनि बैठकमा छलफल भएको छ । बैठकमा चीन सरकारको सहयोगमा स्तरोन्नती हुन लागेको स्याफ्रुबेंशी–रसुवागढी सडकखण्डमा स्थानीय प्रशासनबाट आवश्यक सहयोग हुने विश्वास नेपाल पक्षले व्यक्त गरेको छ । जिल्लाभन्दा बाहिरका बासिन्दाको लागी वान डे पास तथा कन्टेनर चालकको लागी १५ दिने अस्थायी पासको व्यवस्था गर्न नेपाली पक्षले मंगलबारको बैठकमा पुनः चिनियाँ अधिकारीलाई अनुरोध गरेको छ ।
सीमा क्षेत्रबाट हुने सुन तस्करी, चेलीबेटी तस्करी लगायत अवैध व्यापारिक गतिविधि नियन्त्रण गर्न चिनियाँ पक्षले आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भयो ।
केरुङसम्म मालवस्तु ढुवानी गर्ने कन्टेनर चालक, सीमा क्षेत्रमा काम गर्ने नेपाली तथा चिनियाँ सुरक्षाकर्मीलाई दुवै देशको भाषा सम्बन्धी आधारभुत ज्ञान उपलब्ध बताएका छन् । 

No comments:

Post a Comment