देविघाट/देबिघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै प्रदेश सभा सदस्य केशबराज पाण्डेले प्रतिष्ठानको लागी प्रदेश सरकारबाट नर्सिङ सेवा सहितको संरचना निर्माणमा पहल गर्ने बताए । ज्येष्ठ नागरिकहरूको संरक्षणको लागी प्रतिष्ठानलाई नमूनाको रुपमा प्रस्तुत गर्ने योजना प्रदेश सरकारको रहेको उनले सुनाए ।
बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले महिनाको १ दिन जिल्ला अस्पताल त्रिशुलीका चिकित्सकहरूबाट प्रतिष्ठानमा रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परिक्षणको ब्यबस्था मिलाउने प्रतिबद्धता जनाए । कार्यक्रममा विदुर नगरपालिकाका उपप्रमुख गीताकुमारी दाहाल, विदुर नगरपालिकाका पुर्व प्रमुखहरू ठाकुर गजुरेल, शिवप्रसाद गजुरेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद नेपालले आगामी कार्ययोजनाहरूको बिषयमा जानकारी गराएका थिए । प्रतिष्ठानको अक्षयकोषलाई बृद्धि गर्दै केन्द्रमा उचित सेवा प्रबाह गर्नमा प्रतिष्ठान लागी रहेको उनले बताए । प्रतिष्ठानमा पुर्बिय दर्शन संस्कृति झल्किने संग्राहलय र पुस्तकालयको निर्माण गर्ने, प्रतिष्ठान पसिरमा बिश्राम स्थल निर्माण गर्ने लगायतको भाबी योजना तायार पारेको छ । कार्यक्रममा प्रतिष्ठानको ४० जना आजिबन सदस्यलाई सम्मान गरेको थियो ।
यसै बीच, अधिवेशनले निर्विरोध रुपमा विष्णुप्रसाद नेपालको अध्यक्षतामा पुनः कार्य समिति चयन गरेको छ । कार्य समिति २९ सदस्यिय रहेको छ । उपाध्यक्षमा बद्रीलाल श्रेष्ठ, सचिवमा हेमप्रसाद अधिकारी, कोषाध्यक्षमा बिन्दादेवी अर्याल, सह सचिवमा रामहरि गजुरेल छन् ।
सदस्यहरूमा ठाकुरप्रसाद गजुरेल, बिष्णुप्रसाद सापकोटा, सुरथबहादुर चित्रकार, गोविन्दलाल चित्रकार, भरतकाजी चित्रकार, केशव अर्याल, शिव कोइराला, मिनकुमार खतिवडा, कुवेरमान श्रेष्ठ, डम्वरकुमार भट्ट, शम्भुप्रसाद शर्मा, बलराम अधिकारी, गोपालमान श्रेष्ठ, भरत पुडासैनी, ठाकुर पुडासैनी, रामकृष्ण भट्ट, शिवसुन्दर पुडासैनी, रुम्किणी सेढाई र दीपक न्यौपाने छन् । १५ सदस्यिय सल्लाहकार समिति समेत गठन भएको कार्य समिति सदस्य विष्णुप्रसाद सापकोटाले बताए ।

No comments:
Post a Comment