Monday, November 04, 2019

त्रिशुली १ मा लगानी जुट्यो

विदुर/निर्माणधिन जलविद्युत् आयोजना माथिल्लो त्रिशूली–१ का लागि विदेशी लगानी जुटेको छ । शुक्रबार काठमाडौंमा अर्थमन्त्री डा. युवराज खतिवडा, ऊर्जा जलस्रोत तथा सिचाइँ मन्त्री वर्षमान पुन लगायतका उच्च अधिकारीको उपस्थितिमा  कोरियाली कम्पनी एनडब्लुइडिसी, विश्व बैंक अन्तर्गतको आइएफसी र ९  वित्तीय संस्थाले लगानी सम्झौता गरेका छन् ।
आयोजनाको अनुमानित लागत ६४ अर्ब रुपैयाँ भन्दा पनि बढी छ । जसमध्ये ४५ करोड ३२ लाख अमेरिकी डलर ऋणदाताबाट, १९ अर्बको संस्थापक सेयर र बाँकी लगानी ऋण मार्फत् जुटाइने उल्लेख छ । आयोजनामा जुटाइने ऋणमा आइएफसीले १६६.३ मिलियन डलर, कोरियाली एक्जिम बैंकले १०० मिलियन डलर, एसियन पूर्वाधार लगानी बैंकले ४० मिलियन अमेरिकी डलर र एसियाली विकास बैंकले ६० मिलियन डलर ऋण लगानी गर्नेगरी सम्झौता गरिएको हो ।
बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सिडिसी) ले ३०.८ मिलियन डलर लगानी गर्ने भएका छन् । त्यसैगरि कोरिया, नेदरल्यान्ड तथा फ्रान्सका विभिन्न तीन बैंकको पनि यस
आयोजनामा लगानी रहेको छ । आयोजनामा नौ कम्पनीबाट ४ सय ५३ मिलियन डलर वित्तीय व्यवस्थापन गरिएको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालय र कम्पनीबीच २०७३ पुष १४ गते आयोजना विकास सम्झौता भएको थियो ।
सरकारले माथिल्लो त्रिशूली १ जलविद्युत आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलप्मेन्ट कम्पनी प्रालिसँग विद्युत खरिद बिक्री सम्झौता (पिपिए) पनि गरिसकेको छ ।

No comments:

Post a Comment