Monday, November 04, 2019

राप्रपा संयुक्तकोको मागः नुवाकोट राजधानी

विदुर/राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त नुवाकोटले तीन नम्बर प्रदेशको राजधानी नुवाकोटलाई बनाउनु पर्ने माग गरेको छ ।
मुलुक पुनःसंरचित भई तीन तहको सरकार कार्यान्वयनमा आएसँगै ३ नम्बर प्रदशको राजजधानी नुवाकोट बनाउनु पर्ने आबाज उठ्दै आएको छ । नुवाकोट सहित, हेटौडा, भक्तपुर, काभ्रे र चितवनलाई प्रदेशको राजधानी राख्न उपयुक्त रहेको राजधानी छनौट सिफारिस समितिले जनाएको थियो । नेपाली नागरिकहरूलाई सुबिधाको पँहुच र अधिकार सम्पन्न गराउने राज्यको परिकल्पना अनुसार प्रदेश नम्बर ३ को राजधानी नुवाकोट उपयुक्त भएको राप्रपा संयुक्त नुवाकोटले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले नुवाकोटलाई प्रदेश नम्बर ३ को राजधानी बनाउनको लागी जिल्ला प्रशासन कार्यालय मार्फत मुख्य मन्त्रि तथा मन्त्रि परिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष कुलबहादुर खड्गीले जनाकारी दिए ।
प्रदेश नम्बर ३ को आगामी हिउदे अधिबेशनबाट राजधानीको नामाकरण र केन्द्र तोक्ने कार्य सञ्चालन गरि नुवाकोटलाई तोक्नु पर्ने राप्रपा संयुक्त नुवाकोटले जनाएको छ । त्रिदेशिय मार्गको ट्रान्जिट प्वाईन्ट, समथर भु–भाग, प्रशासनिक कार्यको लागी आबाश्यक संरचना भएको, जल, जमिन र बिजुलीको एथेष्ट सुबिधा भएकाले नुवाकोटको बिकल्पमा अरु जिल्ला राजधानी हुन नहुने जनाएको छ । प्रदेश नम्बर ३ मा रहेका १३ वटै जिल्लालाई पायक पर्ने, अन्तराष्ट्रिय ब्यापारिक नाकाको नजिक रहेको, नेपाल एकिकरणको पहिलो राजधानी रहेको ईतिहास रहेकाले नुवाकोटलाई प्रदेशको राजधानी बनाउनु पर्ने राप्रपा संयुक्तका केन्द्रिय सदस्य झनक प्याकुरेलले बताए ।
हाल अस्थाई मुकाम तोकिएको हेटौडा भौगोलिक हिसाबले अपायक रहेको, राज्यले लिएको उद्देश्य बिपरित रहेको जनाएको छ । राज्यको सेवा र सुबिधालाई बिकेन्द्रिकृत गर्दै नयाँ शहर र बिकास गर्ने रणनिति अनुसार हेटौडा प्रदेशको राजधानी उद्देश्य बिपरित रहेको जनाएको छ ।

No comments:

Post a Comment