विदुर/बिकास निर्माणको काममा बित्तिय बेरुजुहरू बढेकोले नागरिक समाज र सञ्चार माध्यमले चासो राख्नु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
ईन्सेक नुवाकोटको आयोजनामा भएको पारस्परिक जवाफदेहिता परियोजना बिकासको लागी नागरिक समाज तथा सञ्चार जगत बीच सहकार्य बिषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजले बिकास निर्माण र सरोकारको बिषयहरूमा नागरिक समाजले चासो नराखेको उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष ईन्द्रबहादुर पण्डितले बताए ।
नागरिक समाजको एउटा शाखाले बिकासको लागी निर्णय पक्रिया जस्ता कुरामा सहयोग गर्न सक्ने कार्यक्रममा उपस्थितहरूले बताएका छन् । कार्यक्रममा पत्रकार शिव देवकोटाले नुवाकोटको बिकास निर्माणमा सञ्चार माध्यम अहम भुमिका रहने बताए । उनले गैर सरकारी संस्थाहरूको काम पारदर्शी नभएको र स्थानिय तहले नागरिक समाज र संचारकार्मीहरू संग सहकार्य नगरेको बताए ।
कार्यक्रममा गैसस महासंघ प्रदेश समिति सदस्य देवकी पौडेल, नुवाकोट पत्रकार महासंका अध्यक्ष कपिलदेव खनाल, शक्ति समुह नुवाकोटका कार्यक्रम संयोजक सम्झना प्रशाई, संकल्प नुवाकोट अध्यक्ष शर्मिला थापामगर लगायतले बोलेका थिए । नागरिक समाज र सञ्चार माध्यम बिच सहकार्य गरेर सत्य तथ्य र निष्पक्ष समाचारहरू सञ्चार माध्यमबाट प्रचार प्रसार भएमा मात्र पिडितले न्याय पाउने कार्यक्रममा सहभागिहरूको भनाई छ ।

No comments:
Post a Comment