Monday, November 04, 2019

तीन वर्षिया बालकको हत्या

विदुर/बेलकोटगढी नगरपालिका वडा नम्बर १२ मा खुर्पा प्रहार गरी एक महिलाले तीन वर्षे बालकको हत्या गरेका छन् ।
बेलकोटगढी नगरपालिका वडा नम्बर १२ का पार्बती राना मगरले आफ्नो दाई नबराज राना मगरको ३ बर्षिय छोरा सुजन राना मगरलाई खुर्पा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घरमा कोहि नभएको समयमा खुर्पाले घाँटीमा प्रहार गर्दा बालकको घटनास्थलमा नै मृत्यु भएको हो । पार्बतीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएर आनुसन्धान सुरु गरेको छ ।

No comments:

Post a Comment