विदुर/प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा २४ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य विकास कार्यक्रममा साझेदारीका लागि कृषक समूह, सहकारी र निजी क्षेत्रलाई आह्वान गरेको छ । कृषि, पशुपक्षी तथा मत्स्यसम्बन्धी जिल्लाबाट सञ्चालित कार्यक्रम कार्यान्वयन कार्यविधि नै बनाएर मन्त्रालयले साझेदारीका लागि प्रस्ताव आह्वान गरेको छ । प्रदेशको पशुपक्षी विकास तथा मत्स्य विकास निर्देशनालयले ११ कार्यक्रममा २४ करोड २५ लाख रुपैयाँ लगानी गर्ने गरी प्रस्ताव माग गरेको छ ।
निर्देशनालयले आह्वान गरेको प्रस्ताव अनुसार काठमाडौँ, सिन्धुपाल्चोक र चितवनमा बाँदर व्यवस्थापन विशेष कार्यक्रम कार्यान्वयनका लागि शत प्रतिशत साझेदारी गर्नुपर्ने छ । उक्त कार्यक्रमका लागि निर्देशनालयले अधिकतम ४० लाख रुपैयाँ छुट्याएको जनाएको छ । चितवन, मकवानपुर र सिन्धुपाल्चोकमा पाडापाडी पालन कार्यक्रमका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी १० लाख रुपैयाँ छुट्याएको छ ।
यस्तै चितवन, सिन्धुपाल्चोक, रामेछाप र धादिङका छ स्थानमा बृहत्तर शाखा अनुसन्धान विस्तार तथा विकास कार्यक्रमका लागि ५० लाख रुपैयाँ लगानी गर्ने प्रदेशको योजना छ । त्यसैगरी कृषि र पर्यटनको प्रवद्र्धनका लागि नमूना कालिज तथा स्थानीय जातका कुखुरापालन गर्नका लागि २५ लाख रुपैयाँसम्मको साझेदारी गरिने मन्त्रालयका प्रवक्ता डा. शरणकुमार पाण्डेले जानकारी दिनुभएको छ । चितवन र काभ्रेपलाञ्चोकमा
पशु आहार उद्योग स्थापनाका लागि ५० प्रतिशत साझेदारी गर्ने गरी सरकारले एक करोड रुपैयाँ लगानी गर्ने भएको पाण्डेको भनाइ छ । दोलखामा सामूहिक गाईपालनका लागि २० लाख रुपैयाँ लगानीका लागि प्रस्ताव आह्वान गरिएको छ ।
चितवन, मकवानपुर, सिन्धुली र रामेछापमा साझेदारीमा मत्स्य विस्तार तथा विकास कार्यक्रमका लागि पनि प्रतिहेक्टर पाँच लाख रुपैयाँ लगानी गर्ने बताइएको छ ।

No comments:
Post a Comment