Monday, November 04, 2019

तिहार सकिए लगत्तै खेतीपातीमा


विदुर/तिहार सकिएसँगै ग्रामिण भेगका नागरिकहरू खेत बारीमा ब्यस्त हुन थालेका छन् ।
कात्तिक सुरु भएसँगै नुवाकोटका किसानहरू धान भित्र्याउने चटारोमा लागेका हुन् । अहिले नुवाकोटको खेतका फाँटहरूमा धान काट्ने, सुकाउने र झार्नमा किसानहरू व्यस्त देखिन थालेका छन् । किसानहरूको बाली भित्र्याउने यो क्रम मंसिरसम्म जारी रहन्छ । नुवाकोट लगायतका जल्लाहरूमा यतिबेला वर्षे धान बाली काटेर भित्र्याउने चटारो बढेको छ ।
अधिकांश क्षेत्रफलको जग्गामा असार महीनामा रोपिएको धान यतिबेला पाकेर पहेँलपुर भएको छ । किसानको मुख्य आम्दानी स्रोतको रुपमा धान बाली रहेको छ । धान बेचेर नै घरायसी र अन्य खर्चको जोहो कृषकले गर्दै आएका छन् ।
धान काट्ने र झार्ने काममा आधुनिक कृषि औजारको प्रयोग बढ्न थालेपछि समयको बचत हुनुका साथै परिश्रमसमेत कम लाग्न थालेको किसानहरूको भनाई छ ।
खेत खनजोत र कृषिउपज ढुवानी गर्दा पहिलेको जस्तो राँगा र गोरुगाडाको प्रयोग घटेर ट्रयाक्टर, धान काट्ने र झार्ने काममा आधुनिक मेशिनको प्रयोग बढ्दा निकै सहज भएको छ । समयमै मलखाद, बीउबिजन, सिँचाइजस्ता समस्या भने हट्न नसक्दा समस्या हुने गरेको छ ।
कृषकले आफूलाई आवश्यक पर्ने धान घरमा भण्डारण गरी बढी भएको धान स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् । धान उत्पादनका लागि उर्बर मानिएको नुवाकोटको फाँट खेतहरूमा अहिले खलामा नै धान किन्न ब्यापारिहरू पुगेका छन् । 

No comments:

Post a Comment