Sunday, November 17, 2019

दुई दिनसम्म चल्यो पाँचकन्या मेला

मेला भर्न आएका पत्रकार महासंघ नुवाकोट सचिव जगदीश खनाल झाक्री भेषमा तस्विर खिचाउँदै । 
घलेभञ्याङ/नुवाकोटको पञ्चकन्या गाँउपालिकाको वडा नम्बर ३ घलेभञ्ज्याङमा शनिवार र आइतवार बृहत मेला लागेको छ । पञ्चकन्या मन्दिरमा हरेक वर्ष मार्ग कृष्ण चतुर्थीदेखि पञ्चमीसम्म चल्ने पाँचकन्या मेला लागेको हो ।
मेलाको अवसमार शनिवार साँझ राष्ट्रिय स्तरका कलाकारहरू ल्याएर साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ । उक्त अवसरमा जिल्लाका प्रतिष्ठित व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो । मेलाका लागि मन्दिर परिसरको क्षेत्रमा मैदान निर्माण, सरसफाई, सजावट, सांस्कृतिक कार्यक्रम तयारी र प्रचारप्रसारका काम गरिएको थियो । मेला भर्न आउने भक्तजनहरूको सुरक्षालाई लिएर स्थानिय तहले सुरक्षा संयन्त्र परिचालित थियो । बर्षैपिच्छे हुने जात्राको लागी स्थानिय तहले सहयोग गर्दै आएको छ ।
मेलामा स्थानीय र छिमेकी गाउँका झाँक्रीहरूको नाँच देखायएको छ । मेलाको पहिलो दिन झाँक्रीहरू सिँगारिएर मन्दिरमा जाने, झाँक्रीसँगै स्थानीयले मनोकांक्षा पूरा हुने विश्वासले दियो र मादी बत्ति बाल्ने चलन छ ।
बेलुकी र बिहान मादी सेलाउने अनि पञ्चमीका दिन झाँक्री घर पुग्ने बेलासम्मै महिला, पुरुष हात समाएर राम्ररी नाच हो झाँक्री नाँच भन्दै भट्याउने चलन छ ।
मेलामा गाउँपालिकाबासीको उल्लेख्य सहभागिता रहेको थियो । गाउँपालिकास्तरमै बनाइएएको उत्तः मेलामा अन्य पालिका टाढाबाट समेत दर्शक तथा पाहुनाहरू आएका छन् । गाउँपालिकाको नामाकरण नै यही मन्दिरवाट गरिएकोले छ । आइतवार १ दिन स्थानिय पर्व बिदा दिने निर्णय समेत कार्यपालिकाको बैठकले गरेको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले बताए । 

No comments:

Post a Comment