Sunday, November 24, 2019

पुरानै शैलीमा दरवार

बशन्ती दरवारको पुर्न निर्माण । तस्बिर : दिपेन्द्र श्रेष्ठ/इमेज
दिपेन्द्र श्रेष्ठ
ककनी/नुवाकोटको ककनीस्थित ऐतिहासिक बशन्ती दरबारको पुनःनिर्माण सुरु भएको छ । कुनैबेला नेपालकै शान पनि रहेको दरबारको पुरातत्व बिभागले पुनःनिर्माण थालेको हो ।
नगरकोटसँगै पर्यटकिय क्षेत्र घोषणा भएको ककनीमा पर्यटकलाई तान्ने यही दरवार लगायतका संरचना अस्तब्यस्त भएकै कारण पर्टकको संख्यामा कमी हुँदै आएको छ । दरवारको पुननिर्माणले पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा स्थानीयहरूले गरेका छन् ।
जिर्ण अबस्थामा रहेको दरबारलाई २०७२ सालको बिनाशकारी भुकम्पले ध्वस्त बनाएको थियो । ककनी गाँउपालिका वडा नम्बर ५ को ककनीडाँडामा रहेको बशन्ती दरबार पुरातत्व बिभागले अघिल्लो आर्थिक बर्षबाट पुनःनिर्माण सुरु गरेपनि काम हुन सकेको थिएन । निर्माण कम्पनीले ठेक्का लिएर काम गर्न आनाकानी गर्दै आएको थियो । हाल पुरातत्व बिभागको नियमित निगरानी र निर्देशन पछी काम सुरु भएको छ । दरबार पुनःनिर्माणको लागी किर्तिपुरबाट कालिगढ ल्याईएको छ ।
दरवारको निर्माणलाई समयमै सम्पन्न गराउनका लागि गाउँपालिकाको तर्फबाट पनि अनुगमन र चासो व्यक्त भइरहेको ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले बताए । उनका अनुसार दरवारको निर्माण सम्पन्न भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि विशेष भ्रमण योजना तयार गर्नका लागि यस सम्वन्धि काम गर्ने व्यवसायीलाई गाउँपालिकाले सघाउने छ ।  काठमाडौंबाट नजिकै रहेर पनि छायाँमा रहेको ककनीलाई बशन्ती दरवारको नयाँ संरचनाले ‘मार्केटि’मा  मद्दत मल्निे अनुमान गापा उपाध्यक्ष सीता लामा खतिवडाको छ ।
जङ्गबहादुर राणाको पालामा उनका विश्वास पात्र गगनसिंह भण्डारीले रोपाईमा देखेका मिँठु नामकी गाँउले सुन्दरीसित मोहित भए पछी दरबारमा लगेर बशन्तीको नामले सुसारे राखेको ईतिहास छ । उनकै लागी निर्माण गरेको दरबार नै बशन्ती दरबारको नामले परिचित छ ।  साहित्यकार डायमण्ड शमशेर राणाले यही विषयमा बशन्ती नामक उपन्यास लेखेका छन् । त्यही उपन्यासका आधारमा नेपाली चलचित्र ‘बशन्ती’ समेत नीर शाहले तयार गरेका छन् । 

No comments:

Post a Comment