रसुवा/बिगतका बर्षमा रसुवामा चिज उत्पादनमा गिरावट आएता पनि यस बर्ष भने बढेको एक तथ्याङ्कले देखाएको छ ।
वार्षिक १० हजार केजी उत्पादन क्षमता रहेको चिज उत्पादन केन्द्रले क्षमता भन्दा बढी चीज उत्पादन गर्दै आएको छ । केन्द्रका अनुसार यो वर्ष ११ हजार केजीभन्दा बढी चीज उत्पादन भएको छ । यो वर्ष ११ हजार ३८० केजी चीज र ३ हजार ९५३ केजी मखन उत्पादन भएको उत्पादन केन्द्रले जनाएको छ ।
यो वर्ष मात्रै केन्द्रले ८७ लाख ५० हजार ५६५ रुपयाँ मूल्य बराबरको चीज तथा मखन उत्पादन भएको केन्द्र प्रमुख जीतबहादुर जिरेलले बताए । गत वर्ष ६३ लाख २८ हजार २७७ रुपयाँ मूल्य बराबरको चीज तथा मखन उत्पादन गरेको थियो ।
चौरी पाल्ने कृषक बढ्दै गएको कारण उत्पादन पनि बढ्दै गएको उनको भनाई रहेको छ । पहिले कृषक आफैंले छुर्पी बनाएर बेच्थे । पछिल्लो समय केन्द्रले दुधको मूल्य बढाएका कारण वरिपरि रहेका सबै कृषकले चिज उत्पादन केन्द्रलाई दुध उपलब्ध गराउन थालेका छन् ।
पहिले चारवटा केन्द्र रहेकोमा अहिले सातवटा पुगेको छ । दुग्ध विकास संस्थानअन्तर्गत छवटा र निजी एउटा चिज उत्पादन केन्द्र सञ्चालनमा रहेको छ ।

No comments:
Post a Comment