प्रितिका थापा
विदुर/डिभीको आबेदन र्फम खुले पछि नुवाकोटका सेवाग्राहीहरू राहदानी लिन जिल्ला प्रशासन कार्यालय नुवाकोटमा ओईरिएका छन् ।
बसोबासकै लागि अमेरिका जान पाइने अवसरका रुपमा चिनिएको डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म खुले संगै सेवाग्राही राहदानी लिन ओइरिएका हुन् । नुवाकोट जिल्ला प्रशासन कार्यालयमा सधैंको भन्दा झण्डै तिन गुणा बढी राहदानी आवेदन भर्ने सेवाग्राही आएको प्रशासन कार्यालय नुवाकोटले जनाएको छ ।
गत असोज १५ मा डीभी आवेदन खुलेपछि राहदानी बनाउनेर झिक्नेको संख्या हवात्तै बढेको हो । अरू बेला दैनिक १५ देखि २० जना सम्म आउने गरेकोमा अहिेल संख्या बढेर दैनिक ८०÷९० जना हुने गरेको जिल्ला प्रशासन कार्यालय नुवाकोटका प्रशासकिय अधिकृत धर्मराज भट्टले बताए । उनले अघिल्लो बर्ष दशै पछि राहदानी बनाउनेको भिड भएपनि यस बर्ष अघिल्लो बर्षको भन्दा बढेको बताए । अमेरिकी सरकारले लगाएको भी आवेदनमा यसपटक एमआरपी नम्बर अनिवार्य हुनैपर्ने प्रावधान थपिएपछि तत्काल डीभी भर्ने हतारमा सेवाग्राहीहरू राहादानी बनाउन आएको उनको भनाई छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले राहदानी बनाउ २०७६ साउन देखि असोज मसान्त सम्ममा ९ सय जनालाई सिफासिर गरेर पठाएको छ । यस्तै नेपाल सरकारलाई राजस्व तिरेर १३ सय ३७ जनाको राहादानी बनेको जिल्ला प्रशासन कार्यालय नुवाकोटले जनाएको छ । डाइभर्सिटी भिसा (डीभी) को आवेदन फर्म असोज १५ गते देखि खुलेको हो । यही कात्तिक १९ गते सम्म ई डि भिको फर्म दर्ता गराउन पाईने छ ।

No comments:
Post a Comment