Sunday, November 24, 2019

बाल अधिकार दिवस विशेष समुदाय र एफएममा

विदुर/अन्तराष्ट्रिय बाल अधिकार दिबसको अबसरमा बुधवार नुवाकोटमा कानुनी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय नुवाकोटको आयोजनामा गेर्खुमा रहेको सुर्योदय सामाजिक क्लबमा बाल अधिकार सम्बन्धि बहस गरिएको छ ।
यही सन्र्दभमा नुवाकोटको सामुदायिक रेडियो ८८.४ मेगाहर्जमा रेडियो त्रिशुलीले समेत विशेष कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका उपप्रमुख अप्सरा थापा, जिल्ला सरकारी वकिलको कार्यालय नुवाकोटका प्रमुख न्यायधीबक्ता गोपाल ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापा र जिल्ला बालकल्याण समिति नुवाकोटका सदस्य ईन्द्रबहादुर पण्डित सहभागि थिए ।
सन् १९८९ मा संयुक्त राष्ट्र संघले बाल अधिकार सम्बन्धि महासन्धि पारित गरेको दिनलाई स्मरण गर्दै यो दिबस मनाउने गरिएको छ ।
बिश्वमा सबै भन्दा धेरै मुलुकले अनुमोदन गरेको महासन्धिका रुपमा बाल अधिकार महासन्धि रहेको छ । यो महासन्धिलाई नेपालले सन् १९९० मा अनुमोदन गरेको थियो । महासन्धिको अनुमोदन पछी बाल अधिकार सम्बन्धि बिभिन्न नीति, नियम र कानुनहरू निर्माण गर्दै बाल अधिकारको संरक्षणमा लागेको छ ।

No comments:

Post a Comment