विदुर/जिल्ला प्रहरी कार्यालय नुवाकोटले गएको आईतबार विदुर नगरपालिका वडा नम्बर १० का वडा सदस्यसहित अन्य तीन जनालाई पक्राउ गरेको छ ।
गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्र्तगत शुभघाटमा स्थानियबासीले अवरोध सिर्जना भएको भन्दै प्रहरीले सोधपुछका लागी पक्राउ गरेको हो । पक्राउ पर्नेमा नगरपालिका वडा नम्बर १० का वडा सदस्य विष्णुप्रसाद प्याकुरेल, गल्छी–त्रिशुली सडक सरोकार समितिका संयोजक शिबबहादुर नेपाल, सचिव लेखनाथ रिजाल र सडक प्रभावित दुर्गा पौडेल छन् । पक्राउ पछि सोधपुछ गरि छोडेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सडक योजनाले अव्यवहारिक रुपमा मुअब्जा दिने निर्णय गरेकोले स्थानियबासीहरूले सडक निर्माणमा अवरोध पुराएको बताएका छन । गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रबसी–रसुवागढी सडक योजनाले गेर्ख‘खोलादेखि–बेत्रावतिसम्म १५–१५ मिटरभित्र पर्ने जग्गाको मात्र मुल्य निर्धारण गरेको छ । तर स्थानियबासीले सडक योजनाले गरेको मुल्याङ्कन अव्यवहारिक भएको बताएका छन् ।

No comments:
Post a Comment