Monday, November 04, 2019

ब्राउन सुगर कारोवारको आशंकामा पक्राउ

विदुर/अबैध लागू औषध ब्राउन सुगर कारोवारको आशंकामा नुवाकोट प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  सुर्यगढी गाउँपालिका ५ का ४६ वर्षिया नकुल मगर र ३८ बर्षिया हरिबहादुर मगर छन् । यस अघि असोज ७ गते बट्टारमा पार्किङ गरेको बा ७५ प ७०११ नम्वको स्कुटको डिक्कीबाट प्रहरीले ब्राउन सुगर फेला पारेको थियो । उक्त स्कुटरधनी  सुनिलकुमार पनेरु यस अघिनै पक्राउ परिसकेका छन् । नुवाकोटमा लागू औषधको प्रयोगकर्ता र कारोवार बढेको आन्तरिक जानकारीका आधारमा प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणमा सक्रिता देखाएको नुवाकोट प्रहरी प्रमुख अभिनारायण काफ्लेले जानकारी दिएका छन् । 

No comments:

Post a Comment