Monday, November 04, 2019

माघ १ बाट नमूना जनगणना

विदुर/राष्ट्रिय जनगणना २०७८ को नमूना जनगणना आउँदो माघ १ गतेबाट सुरु हुने भएको छ ।
केन्द्रिय तथ्याङ्क विभागले सो राष्ट्रिय जनगणनाको नमूना जनगणना आगामी माघ १ गतेदेखि ३ महिनासम्म गर्ने जानकारी गराएको हो । सही तथ्याङ्क ल्याउनका लागि नमूना जनगणना गर्ने गरी २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको हो ।
विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार सो नमूना जनगणनाका लागि सुपरीवेक्षण १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १२२ जना जनशक्ति परिचालन गर्ने । सुपरीवेक्षण र गणक करारमा नियुक्त गर्ने योजना तय गरिएको पनि लामिछानेले बताए । यस अघि शिक्षकहरूलाई जनगणनाको गणकको रुपमा नियुक्त गर्दै आएकोमा यस वर्षबाट विभागले शिक्षकहरूलाई यसमा परिचालन नगर्ने पनि स्पष्ट पारेको छ ।
सबै प्रदेशको २÷२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६१० घर परिवार सहभागी हुने विभागको अनुमान छ । नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान  छ । पत्रकार सम्मेलनमा विभागले राष्ट्रिय जनगणना २०७८ को लोगो  तथा मूल नारा पनि सार्वजनिक गरेको थियो ।

No comments:

Post a Comment