विदुर/लिखु गाउँपालिका वडा नम्बर ४ चौघडामा रहेको क्षेत्रपाल माध्यामिक विद्यालयमा गणित विषय अध्यापन गराउदै आएका राजु मिजारलाई सूर्यगढी गाउँपालिकामा सिफारिस गरेको भन्दै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थीले विरोध जनाएका छन् । गएको कार्तिक २९ गते शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले शिक्षक सेवा आयोगमा उर्तीण भएका प्राथमिक तहका शिक्षकहरूलाई स्थानीय तह छनौट गरी नियुक्ति पत्र दिएको थियो ।
डेढ वर्ष अघि क्षेत्रपाल माध्यामिक विद्यालयले गणित शिक्षक मिजारलाई करारमा नियक्ति गरेको थियो । मिजार विद्यालयमा नियुक्ति भएसँगै विद्यार्थीहरूको गणित विषयको नतिजा राम्रो हुदै आएको भन्दै अन्य शिक्षकलाई विद्यालयमा पठाउनुको सट्टा उनलाई पठाईदिन माग गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राई, शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र अगस्ती सहित कक्षा १० का विद्यार्थीहरूले मबुधवार शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटमा ज्ञापन पत्र बुझाएका छन् ।
गणित शिक्षक मिजारलाई प्राथमिक शिक्षकमा नियुक्ति गरी अन्यत्र पठाउदा एसईईको परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई प्रत्यक्ष असर पर्ने देखिएकोले यस विषयमा विद्यालयको ध्यानाकर्षण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्रकुमार राईले बताए ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले शिक्षक मिजारको लागि पालिका विभाजन गर्दा क्षेत्रपाल माध्यामिक विद्यालयमा रिक्त रहेको प्राथमिक शिक्षकको पदपूर्ति हुने गरी लिखु गाउँपालिकामा सिफारिस गरिदिन स्कुलको माग छ ।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका निमित्त प्रमुख विजयराज बडुले इकाई प्रमुख काम विशेषले नुवाकोट बाहिर रहेकाले लिखु गाउँपालिकाका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यपक लगायतसँग छलफल गर्ने प्रतिक्रृया दिएका छन् ।
लिखु गाउँपालिकाको विभिन्न विद्यालयमा रिक्त रहेको प्राथमिक शिक्षकको पदपूर्ति गर्न ४ जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाईले सिफारिस गरि पठाएको थियो ।

No comments:
Post a Comment