Monday, November 04, 2019

हुलाकको आम्दानी १८ लाख

विदुर/जिल्ला हुलाक कार्यालय नुवाकोटले गत आर्थिक वर्षमा १८ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । हुलाक टिकट वितरण, एफएम रेडियो नवीकरण, केबल रोयल्टी, भन्सार प्रज्ञापण शुल्क लगायतबाट गत आर्थिक बर्षमा  राजस्व संकलन गरेको हो ।
०७४ र ७५ मा १८ लाख, आव ०७३ र ७४ मा १६ लाख पाँच हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । हुलाकमा व्यक्तिगत चिठी आउन छाडे पनि सरकारी कार्यालय, अन्य संघसंस्थाका चिठी पर्याप्त मात्रामा आउने गरेको कार्यालयले जनाएको छ ।
केही वर्ष अघि सञ्चारको एउटै माध्यमको रुपमा रहेको हुलाक सेवा प्रविधि विकाससँगै ओझेलमा परिरहेको छ । 

No comments:

Post a Comment