Monday, November 04, 2019

राज्य पुनः संरचना भएपनि सेवा केन्द्रिकृत

विदुर/मुलुक स्थानिय तहमा पुनःसंरचित भएता पनि सेवा सुबिधा बिकेन्द्रिकृत नभएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताए ।
सिंहदरबारको अधिकार घरघरमा पु¥याउने उद्देश्यले मुलुक तीन तहमा पुनःसंरचित भएतापनि अधिकार लिनको लागी धाउनु पर्ने नागरिकहरूको बाध्यता अझै नहटेको बताए । नेकपा माले नुवाकोटले दिपावली, नेपाल संबत तथा छठ पर्बको अबसरमा आयोजना गरेको चियापान कार्यक्रममा उनले संघिय सरकारको अधिकारलाई प्रत्येक नागरिकहरूको घरघरमा पु¥याउन संघियता कार्यान्वयन गरेता पनि बलियो हुन नसकेको बताए ।
नेकपा मालेका केन्द्रिय पोलिटब्युरो सदस्य कृष्ण रानाले मुलुकलाई धर्म निरपेक्षता बनाउदै सनातन धर्मको नाश गरेको बताए । बिदेशी मुद्रामा बिक्दै नेपालका नेताहरूले सनातन धर्मलाई डलरमा बिक्रि गरेको आरोप लगाए । धर्म निरपेक्षता बनाउदै बिदेशिहरूसँग बिभिन्न सहयोगको नाममा सहयोग र पुरस्कार लिएर सनातन धर्मको रक्षामा सरकार चुकेको बताए ।
नेपाली काँग्रेस नुवाकोट प्रबक्ता राजु थापाले तीन तहको सरकार भएता पनि नागरिकहरूले स्थाई सरकारको आबास गर्न नपाएको बताए । स्थानियदेखि केन्द्रिय तहसम्म सिमितको बोलवाला रहेको र दलहरूलाई पन्छाउने काम भएको बताए । 

No comments:

Post a Comment