Monday, November 04, 2019

फरक फरक घटनामा चारको मृत्यु

विदुर/काठमाडौंँको लप्सीफेदीमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ५६ जना घाइते भएका छन् । नुवाकोटको दुप्चेश्वर गाँउपालिकाको गोल्फुभञ्ज्याङबाट काठमाडौँ जाँदै गरेको हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको बस लप्सीफेदीको पुल नजिकैको मोडमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । चालकसहित अन्य थुप्रै घाइतको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बस दुर्घटनामा घाइते ७ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ४९ जना घाइते रहेको बताइएको छ ।
नुवाकोटको तादी खोलामा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षिय बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १२ घोरघाटका बिशााल मिजारका ९ वर्षिय छोरा बिप्लब मिजार रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
मिजारलाई खोलामा पौडी खेल्ने क्रममा पानिमा डुबेको अबस्थामा स्थानियबासीले देखेपछि उद्धार गरी उपचारको लागि विदुर स्थित एक निजी अस्पतालमा ल्याइएको थियो ।
उनको उपचारको क्रममामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

No comments:

Post a Comment