विदुर/नेपाल भ्रमण बर्ष २०२० लाई लक्ष्यित गर्दै नुवाकोट उद्योग बाणिज्य संघले पृथक शैलीमा छैटौँ महोत्सब गर्ने दावी गरेको छ । बिगतमा भएका महोत्सबहरू ब्यापारमुखि भएको भन्दै छैटौँ महोत्सबलाई प्रचार प्रसार र पर्यटन भित्र्याउने खालको बनाउने नुवाकोट उद्योग बाणिज्य संघका द्धत्तिय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।
आगामी फागुन १६ गते देखि २७ गतेसम्म महोत्सब आयोजना गर्ने निर्णय भएको बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारीले जनाए । महोत्सबको स्विकृतिको लागी ७ सदस्यिय उप समिति समेत गठन भएको छ । जसको संयोजकमा बरिष्ठ उपाध्इक्ष गीता अमात्य छन् ।
नुवाकोट उद्ययोग बाणिज्य संघले पत्रकार सम्मेलन गर्दै महोत्सबको आयोजना गर्ने जानकारी दिएको हो । नुवाकोटमा उत्पादित बस्तुहरूको बजारिकरण, प्रचार प्रसार र सस्तो सुलभ बजारको लागी महोत्सब सञ्चालन हुँदै आएको थियो । यस बर्ष भने राज्यले सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण बर्ष २०२० मा राज्यले लिएको लक्ष्यलाई समेट्ने गरि महोत्सब आयोजना गर्ने बताइएको छ ।
बाणिज्य संघको पछिल्लो कार्य समिति बैठकले ५ जनालाई कार्य समिति सदस्यमा मनोनित गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघको पाँचौँ बैठकले बिदुर नगरपालिका वडा नम्बर ६ ईनारपाटीका राजकुमार आचार्य, लिखु गाँउपालिका वडा नम्बर १ ढिकुरेका लक्ष्मण लामिछाने, बिदुर ४ बट्टारका हरिशरण रिमाल, बिदुर १ त्रिशुलीका नबिनराज जोशीलाई मनर्य समितिकिो सदस्य पदमा मनोनित गरेको हो । अध्यक्ष कार्कीको कोटाको सदस्यमा भने बिदुर ४ बट्टारका गिता थापा ढकाल मनोनित भएका छन् ।

No comments:
Post a Comment