![]() |
नयाँ कार्य समिति सामुहिक तस्बिर खिचाउँदै । तस्विर : इमेज |
पछिल्लो समय नुवाकोटको उत्कृष्ट सहकारीको रुपमा दर्ज हुँदै आएको संगम सहकारीले यस आर्थिक बर्षमा ४० लाख रुपैयाँ नाफा गर्न सफल भएको छ । छरिएको पुँजी संकलन गर्दै ब्यबसायिक क्षेत्रमा लगानी गर्दै आएको सहकारीको कुल निक्षेत्र १७ करोड रहेको छ ।
सानो बजार क्षेत्रमा समेत ठुलो आर्थिक क्रान्ति गर्न सक्षम रहेको संगम सहकारीको बार्षिक साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघका अध्यक्ष राजेश श्रेष्ठले नुवाकोटमा रहेको सहकारी मध्ये संगम सहकारी उत्कृष्ट रहेको बताए । सहकारी अभियान आन्दोलन हुँदै अब ठुला ब्यबसायीक क्षेत्रमा लाग्नु पर्ने बताए । राज्यले नै सहाकरीलाई आर्थिक नीतिमा समाबेश गरेकाले राज्यको लक्ष्य अनुसार सहकारी सञ्चालन हुनु पर्ने बताए ।
साधारण सभामा सहकारीका अध्यक्ष रमेशकुमार श्रेष्ठले प्रतिवेदन पेश गर्दै बदलिदो सामाजिक, आर्थिक, साँस्कृतिक बाताबरण अनुसार सहकारीलाई परिमार्जन गर्दै आएकोले उत्कृष्ट रहेको बताए ।
सहकारीको १५ औं बार्षिक साधारण सभाबाट नयाँ कार्य समिति समेत चयन गरेको छ । जसको अध्यक्ष नारायण श्रेष्ठ, उपाध्यक्षकेशव मिश्र, सचिव विष्णुकुमार चित्रकार, सहसचिव सुजित श्रेष्ठ, कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ छन् । त्यस्तै सदस्यहरूमा विष्णु श्रेष्ठ, उपेन्द्रराज पाठक, शनी चित्रकार र कमला मानन्धर छन् । लेखा समिति संयोजकमा सुदिप अमात्य र सदस्यहरूमा नरेन्द्र जोशी, किरण भट्ट छन् ।
No comments:
Post a Comment