Monday, November 04, 2019

अस्पताल सुधारमा सरकार

विदुर/प्रदेश ३ सरकार जिल्ला अस्पतालहरूको सुदृढीकरणमा लागि परेको छ ।
प्रदेश ३ को सामाजिक विकास मन्त्रालयले विभिन्न समयमा गरेको अनुगमनको क्रममा सरकारी अस्पतालको सेवा कमजोर रहेकोले सुदृढीकरणका लागि मन्त्रालयले ९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छर ।
प्रदेशका जिल्ला अस्पतालहरू मध्य नुवाकोटको त्रिशुली जिल्ला अस्पतालका लागिपनि १ करोड ५० लाख बजेट छुट्याएको सामाजिक विकासमन्त्री युवराज दुलालले जनाएका छन् । प्रदेश ३ सरकारको वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार अस्पतालको सेवा विस्तार गरी सुविधासम्पन्न बनाउने लक्ष्यसहित कार्य्िवधि बनाइसकेको र सोही आधारमा अब अगाडि बढ्ने मन्त्री दुलाले जनाए ।
जिल्ला अस्पतालबाट अधिकतम गुणस्तरीय सेवाको सुनिश्चितता गर्ने उद्देश्यले गत आर्थिक वर्षबाटै यो कार्यक्रम सुरु गरिएको थियो । न्यूनतम सेवा मापदण्ड अनुसारको निर्देशिका पठाएपछि अस्पतालले सेवा थप गर्न सुदृढीकरणको काम अगाडि बढ्ने मन्त्रालयले जनायो ।

No comments:

Post a Comment