Sunday, November 24, 2019

बिप्लव समुहका दुई कार्यकर्ता पक्राउ

विदुर/मंगलवार नुवाकोटको लिखु गाउँपालिका वडा नं. ३ स्थित ढिकुरे बजार र चौखुडा जोड्ने पुल नजिकबाट नेकपा बिप्लव समुहका दुई जना कार्यकर्ताहरूलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
चन्दा संकलन गरेर जाँदै गरेको सूचनाको आधारमा प्रहरीले उनीहरूको पिछा गरी पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका वडा नं. १ का ६३ वर्षिया  कृष्णहरि घिमिरे र रामेछाप सुनपानी गाउँपालिका वडा नं. ३ का ३१ वर्षिया रामदल श्रेष्ठ पक्राउ परेका हुन् ।
उनीहरूसित सोधपुछ गर्ने क्रममा प्रहरीलाई नै दुब्र्यहवार गरेको र अनुसन्धानमा वाधा उत्पन्न गरेको आरोप प्रहरीको छ । घिमिरेका साथबाट ४५ हजार ६३५ र श्रेष्ठको साथबाट १२ हजार २७५ फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । प्रहरीले उक्त रकम चन्दा संकलनको रहेको अनुमान गरेको छ । उनीहरू चढेको ना २२ प ३००९ नम्बरको मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा राखेको छ ।
बुधवार जिल्ला अदालत नुवाकोटमा पेश गरी उनीहरूमाथी सार्वजनिक शान्ति, हित विरुद्दको कसूर अन्तर्गत म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

No comments:

Post a Comment