Sunday, November 17, 2019

जिल्ला समन्वय समितिलाई प्रभावकारी बनाइने

विदुर/विभिन्न नीतिगत निर्णय गर्दै जिल्ला समन्वय समिति नुवाकोटको तेश्रो जिल्लासभा गएको सोमबार सम्पन्न भएको छ ।
नुवाकोट जिल्लाको समग्र विकासमा जनप्रतिनिधिहरू लागिपर्ने र सवै सरोकारवाला निकायसंगको समन्वय र सहकार्यमा सम्वृद्ध जिल्ला निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
सभाले जिल्लामा हुने गरेका विकास निर्माणका कामहरूको प्रभावकारी रुपमा अनुगमन गर्ने निर्णय गरेको छ । जिल्ला सभाले अनुगमनका कामलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । आगामी दिनमा समन्वय समितिको कामलाई प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।
तेश्रो जिल्ला सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले डोजर लगाउदैमा बिकास तिब्र भयो भन्ने गलत भान परेको बताए । सडक निर्माण मात्रै स्थानिय तहको बिकास नभएको बताउदै उनले डोजरकै कारण केहि जनप्रतिनिधिहरू माथी प्रश्न चिन्ह उठेको बताए ।
अर्का प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडाले संघियताको सार्थकता नै स्थानिय सरकारको सफलतामा अन्तरनिहित भएको बताए । संबिधानको भावना अनुसार पारदर्शि र सुशासनयुक्त स्थानिय शासन प्रबद्र्धनमा जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने बताए ।
जिल्ला सभामा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले २०७६÷७७ को लागी २० बुँदे बार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए । तामाङको नीति तथा कार्यक्रममा भ्रमण बर्ष २०२० अभियानलाई प्रभाबकारी बनाउने, २०७७ असार मसान्त भित्र जिल्लालाई बालमैत्री जिल्ला घोषणा गर्ने, नदीलाई स्वच्छ र सफा बनाउने, त्रिशुली नदीलाई निर्मलिकरण गर्ने योजना छन् ।
यसका साथै जिल्लामा रहेका धार्मिक पर्यटकीय क्षेत्रहरूको विकास र विस्तारका लागि स्थानीय, प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने नीतीगत निर्णय समेत गरेको छ । जिल्ला सभाले स्थानिय तहहरू भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन जोड दिएको छ । प्रदेश नम्बर ३ को राजधानी नुवाकोट
लाई बनाउन पहल गर्ने छ । नेपाल भ्रमण बर्ष २०२० को लक्ष्य अनुसार नुवाकोटमा आन्तरिक एवं बाह्य पर्यटन भित्र्याउनको लागी स्थानिय तह बीचमा आपसी समझदारी तथा समन्वय गर्ने भएको छ ।
यस्तै, सबै स्थानिय तहले आफ्नो क्षेत्र भित्र १÷१ वटा ‘होम स्टे’ अभियानलाई स्थापित गर्ने जिल्ला सभाले निर्णय गरेको छ ।
जिल्ला समन्वय समितिले सम्पादन गरेका कार्यहरू तथा जिल्लाको समग्र विकासको लागि आगामी नीति तथा कार्यक्रमहरू र तादी गाउँपालिका प्रमुख नारायण पाण्डेले बाचन गरेका गर्नुपर्ने कार्यहरू सहितको प्रतिबद्दता पत्र सर्वसम्मत पारित गरी नुवाकोटको तेश्रो जिल्ला सभा सम्पन्न भएको हो ।

No comments:

Post a Comment