विदुर/विदुर र बट्टारमा रहेका दुई निजी विद्यालयहरुले गएको साता छुट्टा छुट्टै कार्यक्रम गरेको आफ्नो स्थापना दिवस मनाएको छ । बट्टारमा रहेको भैरबी एकेडेमीले कात्तिक ९ गते १४ औं बार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाका उपप्रुमख गीताकुमारी दाहालले निजी क्षेत्रबाट सञ्चालित विद्यालय भैरबी एकेडेमी नुवाकोटमा नमूना विद्यालयको रुपमा उदायको बताइछन् । कार्यक्रममा विदुर नगरपालिका वडा नं. ४ का अध्यक्ष टलकमान श्रेष्ठ, विदुर नगरपालिका शिक्षा शाखाका विज्ञ तुलध्वज खतिवडा, विद्यालयका अध्यक्ष पवन नेपाल, प्याब्सनका केन्द्रिय सदस्य ठाकुर पुडासैनी, प्याब्सनका प्रदेश नं. ३ का अध्यक्ष रामहरि रिमाल, नेपाल पत्रकार महासंघ नुवाकाटका अध्यक्ष कपिलदेव खनाल, नुवाकोट उद्योग बाणिज्य संघका प्रवक्ता सविन राजभण्डारी, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ भएका विद्याथीहरूलाई पुरस्कार समेत वितरण गरिएको छ ।
विदुरको कल्याणकारी विद्या मन्दिरले कात्तिक ८ गते ११ औं बार्षिकोत्सव, तिहारको शुभकामना आदानप्रदान तथा साँस्कृति कार्यक्रम सम्पन्न गरेको छ । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न क्रियाकलापमा उत्कृष्ठ भएका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको स्कुलका अध्यक्ष पुर्णलाल श्रेष्ठले बताए ।

No comments:
Post a Comment