Sunday, November 24, 2019

घ्यावरमै बिजुलीको मिटर

विदुर/दुप्चेश्वर गाउँपालिका वडा नं. १ घ्याङफेदीका नागरिकलाई नेपाल विद्युत प्राधिकरणले शिविर नै सञ्चालन गरेर विजुलीको मिटरबक्स विक्रि गरेको छ ।
घ्यावरचौरमा गएको साता झण्डै एक सय घरधुरीले विद्युतीय मिटर बक्स प्राप्त गरेका छन् । मिटर बक्स विक्रि कार्यक्रममा संघिय सांसद् हितवहादुर तामाङ, गाउँपालिकाका अध्यक्ष योबिन्द्रसिंह तामाङ उपाध्यक्ष अञ्जु आचार्य लगायतको उपस्थिति थियो ।
दुर्गमबस्तीका बासिन्दालाई विजुली उपलब्ध गराउने अभियान अन्र्तगत दुई वर्ष अघि हेलिकोप्टरबाट घ्याङफेदीमा विजुली बत्तिको ट्रान्सफर्मर ओसारिएको थियो । त्यसपछि गाउँमा विस्तार भएको विजुली बत्ति प्रयोग गर्न मिटर बक्स लिनका लागि त्यहाँका नागकिरलाई झण्झट हुँदै आएको थियो । त्यही कामका लागि मात्रै त्रिशुली आउने पर्ने अवस्थाका कारण प्राधिकरणले यो शिविरको आयोजना गरेको हो । गाँउमै पुगेको सामाग्री वितरण शिविरले ग्राहकलाई २१ सय ५० रुपैयाँमा मिटरबक्स विक्रि गरेको छ ।

No comments:

Post a Comment